ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्लिम देशको नोटमा किन राखियो गणेशको फोटो ?


एबीसी न्यूज

काठमाडौं, ३ बैशाख । विश्वका अलग–अलग देशको रोचक तथ्य रहेको हुन्छ तर केही कुरा यस्ता हुन्छन् जुन भावनासँग जोडिन्छन् । यस्तै एक देश हो इन्डोनेसिया । इन्डोनेसियालाई विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिन्छ ।

यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ । त्यसबाहेक अझै रोचक कुरा त के छ भने मुस्लिम देश इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ । आखिर किन होला रु यसको कारण पनि रोचक छ ।

इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन् । हिन्दूहरु केबल ३ प्रतिशत छन् । रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ । त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ ।

भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । २० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन् ।

साथै नोटमा इन्डोनेसियाको पहिलो शिक्षामन्त्री हजर देवान्त्राको तस्वीर पनि छ । देवान्त्रालाई इन्डोनेसियाको स्वतन्त्रता सेनानी मानिन्छ ।

भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो । त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफलपछि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो । त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि त्यसपछि अर्थव्यवस्था मजबुत बन्यो ।
नोटमा गणेशको मात्रै होइन इन्डोनेसियन आर्मीको मस्कटमा हनुमान पनि राखिएको छ । र, एक चर्चित पर्यटकीय गन्तव्यमा अर्जुन र श्रीकृष्णको मूर्ति पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com