ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब इन्टरनेटबाट शेयर खरिद बिक्री


admin
बैशाख २, २०७५ आईतबार  ६ : ५७ बजे

काठमाडौँ, २ वैशाख।  नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ ।

क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गर्नुभएको हो । यो प्रणाली प्रारम्भसँगै शेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

छिट्टै पूर्ण स्वचालित शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजीबजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । सो अवसरमा नेप्सका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपाली पुँजीबजारको अपार सम्भावना रहेको बताउनुभयो ।

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतले प्राथमिक बजारको विकासमा हालसम्म उल्लेख्य काम भए पनि दोस्रो बजारको विकासमा आवश्यक ध्यान पुग्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक प्रियराज रेग्मी र सञ्चालक शीतल कोइरालाले पुँजी बजारको विकासका लागि धितोपत्र दलाल व्यवसायीले नियमन निकाय र सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

धितोपत्र बोर्डमा दर्तामा रहेका ब्रोकरको संख्या ५० रहेको छ । देशका विभिन्न शहरमा शाखा खोलेर उनीले सेवा प्रवाह गरिरहेका छन् । नेपालमा करिब रु १५ खर्बको बजार पुँजीकरण छ । मुलुकको जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com