ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ र ५ को बजेट आइसक्दा अरु प्रदेशमा किन आएन ?


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  १० : ०३ बजे

काठमाडौं, ३ बैशाख ।  सातवटै प्रदेश सरकारले चैतभित्रै बजेट ल्याउने भने पनि १ र ५ बाहेकका अरु प्रदेशको बजेट अझै आउन सकेको छैन । यसअघि चैतको मध्यभित्रै त्यसपछि चैत मसान्तभित्रै बजेट ल्याउने भने थिए तर पाँचवटा प्रदेश सरकारले ढिलाई गरका छन्।
बजेट नबनाइ खर्च गर्न नपाउने कानुनी बाध्यताका कारण प्रदेश सरकारलाई बजेट ल्याउनैपर्ने बाध्यता छ । प्रदेश १ र ५ ले बाहेक अरु बाँकी प्रदेशले वैशाख पहिलो हप्ता बजेट ल्याउने तयारी गरेका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ सकिन तीन महिनामात्रै बाँकी रहेको छ ।
प्रदेश १ को बजेट
प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट तीन महिनाका लागि मात्रै हो । यो बजेट संघीय सरकारबाट समानीकरण अनुदान बापत प्राप्त भएको हो । प्रदेशसभाको बैठकमा बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रदेश २
प्रदेश २ ले चैत २५ मै बजेट ल्याउने गरी तयारी गरेको थियो । तर बजेट भने यही हप्ताभित्र आउने भएको छ । अर्थमन्त्री विजय यादवले चैतभित्र बजेट ल्याउन नसकिएको बताउनुभयो ।

प्रदेश ३
प्रदेश ३ ले चैत २५ भित्रै बजेट ल्याउने भने पनि ढिलाई भएको छ । सम्बन्धित मन्त्रालय तयारी अवस्थामा रहे पनि सरकारले मिति भने तय गरेको छैन ।

प्रदेश ४
प्रदेश ४ ले पनि चैतमा बजेट ल्याउन सकेन । यसअघि चैत अन्तिम हप्ता बजेट ल्याउने भनेपनि ढिलाइ भएको हो । सरकारको नीति तथा कार्यक्रममा कृषि, खनिज र पर्यटनलाई उच्च प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम संसदबाट पारित गरेपछि सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट ल्याउनेछ ।

प्रदेश ५
प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि अस्ती शुक्रबार बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना विकास मन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा पेश गर्नुभएको हो । ‘संमृद्ध प्रदेश सुखी जनता’ को नारा सहित बजेटमा सहकारी विकास कोष स्थापना, कृषि, पशुपालन, मत्स्यपालन व्यवसायमा प्रोत्साहन जस्ता विषयले प्राथमिकता पाएका छन् । दाङको घोराही र बुटवलमा रंगशाला निर्माण, प्रदेश सूचना केन्द्र स्थापनाका लागि अध्ययन, रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावना अध्ययन, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउने सम्भाव्यता अध्ययनका साथै जगदिशपुर ताल संरक्षण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश नं ६
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत मसान्तभित्र बजेट र श्वेतपत्र ल्याउने तयारी गरेको थियो । तर रारा पर्यटन वर्ष महोत्सवका कारण बजेट प्रभावित भएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । रारा पर्यटन वर्ष महोत्सव शनिबार देखि सुरु भएको छ । बजेट सार्वजनिक गर्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।

प्रदेश ७ को बजेट पनि यही हप्ताभित्र आउने
प्रदेश ७ को बजेट पनि वैशाख पहिलो हप्ताभित्रै आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले चैत मसान्तसभित्र बजेट ल्याउने तयारी हुँदाहुँदै पनि नसकिएको बताउनुभयो । यो बजेट प्रदेश सरकारको पहिलो बजेट पनि हो । प्रदेश सरकारले असार १ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com