ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा आन्तरिक पर्यटकको लर्को


admin

पोखरा, १ वैशाख ।

‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दोरेछ 

पोखरा त साँचिको नै पोखरा पो रैछ’(प्रेमप्रकाश मल्ल)
नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ«े, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । “नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्”, लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्म पन्थीले भन्नुभयो, “नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।”

यो विदेशी पर्यटक आउने मौसम पनि भएको बताउँदै पन्थीले नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा विद्यालयमा एउटा शैक्षिक वर्षको समाप्ति र अर्को वर्षको आगमनको बीच भएका कारण पनि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ भन्नुभयो । विगत १४ वर्ष सम्पन्न भइसकेको फेवा नव वर्ष महोत्सवको यस वर्ष १५औँ शृङ्खला सञ्चालन भइरहेका कारण पनि पोखरामा नयाँ वर्ष मनाउन आउनेले यसको भरपुर मनोरञ्जन लिएका छन् ।

तालैतालको शहर पोखरामा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र तीनतारे होटेल १४ र अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको छ । भूकम्पअघि पोखरामा वार्षिक छ लाख ५० हजार पर्यटक आउने गरेकामा भूकम्पका कारण अघिल्ला वर्ष उक्त संख्यामा कमी आए पनि तिनको आगमन पूर्ववत् अवस्थामा आउन लागेको छ ।

पोखरामा माछापुच्छ«े हिमालको छाया देखिने फेवातालका साथै दृश्यावलोनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूपजस्ता ठाउँ छन् । पोखराका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका पर्यटकीय गन्तव्य हुन् ।
यी स्थलका अतिरिक्त लेखनाथ क्षेत्रमा वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरे पनि यहाँका महत्वपूर्ण स्थल हुन् ।

पर्यटकको बसाइ लम्ब्याउने गरी तयार गरिएका पूर्वाधार विकासको क्रम पनि पोखरामा बढिरहेको नेपाल एजेन्सिज अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको आगमनसँगै पोखरा केही दिनयता चहलपहलमय भएको छ । “केही दिनयता पानी पर्नेलगायतका कारणबाट पर्यटकले केही असहज महसुस गरे पनि पानी पर्ने क्रम बढिरहेका कारण यहाँको वातावरण चिसो बनेको छ”, होटल पोखरा बाटिकाका सञ्चालकसमेत रहेका पोखरेलले भन्नुभयो, “नयाँ वर्षमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने आन्तरिक पर्यटकको सोच बढेका कारण पनि प्रत्येक नयाँ वर्षमा यो स्थल पर्यटकले खचिखचाउ बन्ने गरेको छ ।”

पोखराको पर्यटनको विकाससँगै आसपासका क्षेत्रमा घरबास पर्यटन पनि तीव्ररुपमा बढेको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो । “पोखरामा बढ्दै गएका पर्यटकीय गतिविधिका साथै नयाँ वर्ष पोखरामा मनाउन आउने पर्यटकका कारण यहाँका होटेल एक हप्ताअघिदेखि नै बुकिङ भएका छन्,” लेकसाइडस्थित राज होटेलका सञ्चालकसमेत रहनुभएका पौडेलले भन्नुभयो । पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी, भद्रकालीजस्ता धार्मिकस्थलमा दर्शन गर्न आउने धार्मिक पर्यटकको संख्या पनि उत्तिकै बढ्ने गरेको छ ।
‘माझी दाइ पोखरा फेवातालको
लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’(मिलन लामा र विमाकुमारी दुरा)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com