ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा देशले को–को गुमायो ?


एबीसी न्यूज
चैत्र ३०, २०७४ शुक्रबार  १० : ०५ बजे

काठमाडौं, ३० चैत ।  २०७४ को विदाई सगै २०७५ को आगमनलाई स्वागत गर्ने तयारीमा आम नेपाली रहेको समयम विदाई गर्दै गरेको २०७४ लाई फर्केर हेर्दा देशले धेरै पाएपनि केही
चर्चित ब्यक्तिहरुलाई गुमाएको छ ।
१. कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १६ चैतमा निधन भयो । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

२. वरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको युएस–बाङ्ला एयरको विमान दुर्घटनामा निधन भयो । मृतक थापा ब्रेन ट्युमरको उपचारमा विशेष दख्खल राख्दथे ।

३. बाजुराको कोल्टीमा जेठ १६ गते भएको सेनाको विमान दुर्घटना महासेनानी कैलाश गुरुङको निधन भयो । गुरुङ नेपाली सेनाको एक कुशल पाइलट थिए ।

४.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मंसिर ३ गते काठमाडौंमा निधन भयो । हृदयघात भएपछि अस्पताल लगिएका प्रकाशलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
५. प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै चर्चित जनवावदी गायक एवम् माओवादी पूर्वसांसद खुसीराम पाख्रिनको मंसिर ५ मा निधन भयो ।

६.पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा कात्तिक २५ मा निधन भयो । वि.सं. २०२५, २०२८, २०३४ मा गरी विष्ट तीनपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।

७. त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द शर्माको चैत १ गते निधन भयो । ।

८.असार २५ गते स्वामी डा. रामानन्द गिरीको ७१ वर्षको उमेरमा निधन भयो । धादिङमा जन्मिएका गिरी धार्मिक क्षेत्र देवघाटमा रहेको महेश सन्यास आश्रम र विद्यापीठका संस्थापक थिए । उनले राजा जनकको दर्शन विषयमा त्रिविबाट विद्यावारिधि गरेका थिए भने भारतको वनारस बाल ब्रह्मचारीबाट सन्यास शिक्षा लिएका थिए ।

९. नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको असोज २३ मा गोली हानी हत्या भयो । बानेश्वरस्थित शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो ।

१०. मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदोरहेछ लगायतका दर्जनौं अजर गीतकी श्रष्टा कुसुम गजमेरको जेठ १८ गते निधन भयो ।

११. साहित्यकार मनु ब्राजाकीको माघ १९ गते ७५ वर्षको उमेरमा निधन भयो । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

१२. निजी तथा व्यवसायिक विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष शिक्षाविद् डा. बाबुराम पोखरेलको पुस २३ गते निधन भयो ।

१३. गायक तथा संगीतकार पन्नाकाजी शाक्यको माघ १२ मा ८५ वर्षको उमेरमा निधन भयो । वि.सं. १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका पन्नाकाजीले २००८ सालमा पहिलोपटक रेडियो नेपालमा गीत गाएका थिए ।

१४. वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको असोज १३ असोज गते ६८ वर्षको उमेरमा निधन भयो । उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, लगायत दर्जनौ चर्चित गीत गाएका थिए ।

१५ ‘सल्लाई हो जोवन कल्लाई हो’, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ जस्ता कालजयी गीतकी गायिका कमला श्रेष्ठको चैत ५ गते निधन भयो । २०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रुपमा काम गरेकी कमला श्रेष्ठले दुई सय भन्दा धेरै गीत गाएकी थिइन् ।

१६. वरिष्ठ वामपन्थी नेता एवं २०१५ सालको संसद सदस्य कमलराज रेग्मीको ९१ वर्षको उमेरमा चैत्र २२ गते निधन भयो । यस्तै पूराना कम्युनिष्ट नेता एवम् नेकपा एमालेका
केन्द्रीय लेखा आयोगका सदस्य जागृतप्रसाद भेटवालको चैत २१ मा निधन भयो ।

१७. सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय मीनबहादुर शेरचनको वैशाख २३ मा निधन भयो । विश्व शान्ति र पृथ्वीको रक्षाका लागि अभियान चलाउने बताउँदै आएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।

१८. कांग्रेस नेता रामहरि जोशीको उपचारको क्रममा असार २९ गते ९२ वर्षको उमेरमा निधन भयो । २००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशी गान्धीवादी नेताको रूपमा परिचित थिए ।
१९. चैत ८ मा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको ७४ वर्षको उमेरमा निधन भयो ।
२०७४ ले नेपालका यी चर्चित ब्यक्ति गुमाउन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com