ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी : प्रधानमन्त्री ओली


admin
चैत्र २९, २०७४ बिहीबार  ३ : १७ बजे

काठमाडौं २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउनुभएको छ ।

नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ती सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउनुभएको छ । “देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले २१औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताउनुभएको छ । “यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको बताउनुभएको छ । उहाँले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभएको छ । “हामीअहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर हामी सधैं भविष्यमा उत्पन्न हुनसक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउँदै आएकोमा प्रशंशा गर्नुभएको छ । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com