ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटी हल निर्माण अन्तिम चरणमा


एबीसी न्यूज
चैत्र २९, २०७४ बिहीबार  १ : ५८ बजे

 

 

कञ्चनपुर, २९ चैत । महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिनुभयो ।

श्यामसुन्दर गौरी पार्वती जेभीले सिटी हल निर्माणको ठेक्का लिएको छ । पछिल्लो पटक आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । समितिले यसलाई अन्तिम पटक भनेर म्याद थप गरेको हो । त्यस अघिका म्याद थप गुजारिएका थिए ।

“सिटी हलको निर्माण लगभग सकिन लाग्यो, जेठभित्र समितिलाई हस्तान्तरण हुन्छ,” भट्टले भन्नुभयो । सिटी हलमा अहिले विद्युत्, पानी र झ्यालढोका जडान भइरहेको छ । विद्युत् लाइन जोड्ने विद्युत् कार्यालयलाई रु एक लाख ४२ हजार भूक्तानी गरिएको छ ।

ठेकेदार कम्पनीले निर्माण सम्झौतापछि अर्को ठेकेदारलाई जिम्मा दिएको थियो । सूचना अधिकारी भट्ट ढिलाइमा दुवै पक्षको कमजोरी देखिएको बताउनुहुन्छ । समितिले निर्माणमा अवरोध आउनसक्ने भन्दै पाँच पटकसम्म सिटी हल निर्माणको म्याद थप गरेको थियो ।

“बाध्यतावश म्याद थप गरिएको हो,” उहाँले भन्नुभयो । पछिल्लो पटक म्याद थप अघि ठेकेदारलाई रु पाँच लाख जरिवना गरिएको छ । नगर विकास समितिले गुरुयोजना अनुसार बनाएको हल एक हजार जना अटाउने क्षमताको छ । ठूलो सभाकक्ष, दुई सय क्षमताको अर्को हल र ५०÷५० जना क्षमताका दुईवटा हल छन् ।

समितिले जग्गा बिक्री गरी सिटी हल निर्माण थालेको हो । हालसम्म झण्डै ६ सय बिगाहा जग्गा बिक्री गरिसकेको छ । “विगतमा प्रक्रिया पु¥याएर बिक्री गरिएको जग्गाबाट आएको रकम सिटी हल निर्माणमा खर्च गरिएको छ,” भट्टले भन्नुभयो । समितिले दुई वर्षमा बनाउने लक्ष्यका साथ २०६५ मा सिटी हल निर्माण थालेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com