ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो


एबीसी न्यूज
असार ७, २०८३ आईतबार   १२ : १६   बजे

काठमाडौं, ७ असार । फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४(० को शानदार जित हात पारेको छ ।

समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे ।

जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २–० ले पराजित गरेको थियो ।

जापानले सुरुमै गोल गरेपछि ट्युनिसियालाई खेलमा दबाबमा राख्न सफल भएको थियो । ६२ प्रतिशत बल पोसेसन राखेको जाापनले ११ सट हान्दा ५ सट अन टार्गेटमा थियो । २ सट हानेको ट्युनिसियाले भने अन टार्गेटमा राख्न सकेन ।खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । उएदाले को इताकुराको पासमा ३१औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।दोस्रो हाफमा पनि जापानले दुई गोल थप्यो । इटोले उएदाको पासमा ६९औं मिनेटमा जापानका लागि तेस्रो गोल गरे ।

उएदाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जापानको लागि चौथो गोल गरे । उनले काइसु सानोको पासमा गोल गरे । उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेन विरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए ।जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो ।ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ ।

ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५(१ ले पराजित भएको थियो । ट्युनिसियाले पहिलो हारपछि प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै हार्भे रेनार्डलाई नयाँ प्रशिक्षक बनाएको थियो ।तर नयाँ प्रशिक्षक नियुक्त भएपनि नतिजा भने परिवर्तन गर्न सकेनन् । यस विश्वकपमा दुई खेलमै ९ गोल बेहवर्ने ट्युनिसिया पहिलो टिम समेत बनेको छ ।जापानले अब समूह एफको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ । यस्तै बाहिरिसकेको ट्युनिसियाले नेदरल्यान्ड्ससँग समूहको अन्तिम खेल खेल्नेछ । यी दुई खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

योग र सङ्गीत : स्वस्थ शरीर र शान्त मनका दुई आधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group