काठमाडौं, ४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बियाले उज्बेिकस्तान विरुद्ध पहिलो हाफमा १(० को अग्रता लिएको छ ।मेक्सिकोको अज्टेका स्टेडियममा भइरहेको खेलमा कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो । सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका कप्तान फाबियो कानभारो हाल उज्बेकिस्तानको प्रशिक्षक छन् ।







प्रतिक्रिया दिनुहोस्