ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?


एबीसी न्यूज
असार ३, २०८३ बुधबार   ८ : ५१   बजे

काठमाडौं, ३ असार । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक किलियन एम्बाप्पेले दुई गोल गर्दै चम्किएपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ ।

२७ वर्षीय एमबाप्पेले यस खेलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । उनले ५८औँ अन्तर्राष्ट्रिय गोल गर्दै ओलिर जिरुड लाई पछि पारे ।

संयोगवश जिरुड नै खेलमा कमेन्टेटरका रूपमा उपस्थित थिए र एम्बाप्पेले इन्जुरी समयमा दोस्रो गोल गरेपछि प्रत्यक्ष प्रसारणमै उनलाई बधाई दिएका थिए ।

एम्बाप्पे फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनको विश्वकप गोल संख्या १४ पुगेको छ, जसले जस्ट फोन्टेनको १३ गोलको पुरानो कीर्तिमान तोडेको हो । फोन्टेनले सन् १९५८ को विश्वकपमा सबै १३ गोल गरेका थिए ।

यससँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनी ब्राजिलका रोनाल्डोको १५ गोलभन्दा दुई गोलले मात्र पछाडि छन् भने विश्वकपमा १३ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् ।

विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ, जसबाट एम्बाप्पे अब दुई गोल मात्र टाढा छन् ।

एम्बाप्पेका अन्य उल्लेखनीय कीर्तिमान

–सन् २०१८ को विश्वकपमा पेरुविरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा फ्रान्सेली खेलाडी

–पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो किशोर खेलाडी

–सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेपछि फिफाको ‘यङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड

–सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै विश्वकप फाइनलमा ह्याट्रिक गर्ने इतिहासकै दोस्रो खेलाडी । यसअघि सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हर्स्टले यो उपलब्धि हासिल गरेका थिए।

–हालसम्म लगातार तीन विश्वकप संस्करणमा गोल गर्ने खेलाडी

–विश्वकपका पाँच फरक खेलमा दुई वा दुईभन्दा बढी गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

सम्बन्धित

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group