ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मेरो मात्र होइन, अब तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त!” – छानबिन समितिलाई पूर्वगृहमन्त्री गुरुङको काउन्टर


एबीसी न्यूज
जेष्ठ २४, २०८३ आईतबार   २ : ५१   बजे

कुनै गलत काम नगरेका भन्दै उनी प्रतिवेदनबाट पूर्ण रूपमा सफाइ पाउनेमा ढुक्क देखिएका छन्।

काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आफू पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किए सुरुका दुई महिना कसैलाई पनि बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरेका छन्।

आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गुरुङले यस्तो बताएका हुन्। उनले आफूमाथि लागेको आरोपबारे छानबिन समितिबाट सफाइ पाउनेमा आफू पूर्ण रूपमा आशावादी रहेको र सरकारले पुनः गृह मन्त्रालयकै जिम्मेवारी सुम्पिने दाबी गरे।

अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले भने:

“यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला। म सिधै काममा केन्द्रित हुन चाहन्छु।”

सम्पत्ति छानबिन र राजीनामाबारे स्पष्टीकरण

आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको उनले प्रस्ट पारे। सार्वजनिक पदमा बसेपछि उठ्ने हरके प्रश्नको सामना गर्न तयार हुनुपर्ने मान्यताका साथ आफू छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको उनको भनाइ थियो।

बयानका क्रममा सोधिएका कतिपय प्रश्नहरू निकै कडा भए पनि आफूले सहज र स्पष्ट जवाफ दिएको गुरुङले दाबी गरे। सो क्रममा उनले समितिलाई नै प्रतिप्रश्न गरेको समेत खुलासा गरे।

“बयानका क्रममा समितिले ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्दा, मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ,” गुरुङले थपे।

प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा

पूर्वगृहमन्त्री गुरुङले आफ्नो सम्पत्ति छानबिन सम्बन्धी समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिए। आफूले कुनै गलत काम नगरेकाले प्रतिवेदनबाट पूर्ण रूपमा सफाइ पाउनेमा उनी ढुक्क देखिएका छन्। सफाइ पाएलगत्तै आफू पुनः राजकीय भूमिकामा फर्किने र परिणाममुखी काममा लाग्ने उनले उद्घोष गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

कांग्रेसको आन्तरिक कलह ः कांग्रेस नेता, केसी, भिडियो

सम्बन्धित

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

गणतन्त्रका परजीवीहरू

परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली पत्रकार भेटघाटको मुख्य सारांश

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

षित खाद्यवस्तुले वर्षेनी ४ लाख २० हजारको ज्यान, नेपालमा स्थिति अझ डरलाग्दो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group