ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्य संयन्त्रलाई संयमित रहन एमाले अध्यक्ष ओलीको चेतावनीः वर्तमान व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा


एबीसी न्यूज
जेष्ठ २०, २०८३ बुधबार   १ : २७   बजे

काठमाडौं २० जेष्ठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराउनुभयो। समय र परिस्थिति सधैँ एउटै नहुने भन्दै उहाँले शक्तिको दुरुपयोग दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी गर्नुभयो।

ओलीले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शक्तिशाली प्रणालीहरू समेत ढलेको उल्लेख गर्दै वर्तमान अवस्था पनि स्थायी नहुने दाबी गर्नुभयो।

उहाँले भदौ २३ र २४ गतेका घटनालाई लिएर सरकारमाथि आलोचना गर्दै ती घटनामा भएका आगजनी र राष्ट्रिय सम्पत्ति विनाशलाई सरकारले सामान्य रूपमा लिएको आरोप लगाउनुभयो।

ओलीका अनुसार देशव्यापी रूपमा भएका यस्ता आपराधिक गतिविधिलाई गम्भीरतापूर्वक नलिइएको भन्दै सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो अभिव्यक्ति वर्तमान सुरक्षा अवस्था र शासन शैलीप्रति गरिएको कडा टिप्पणीका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कानुनले तोकेको समयभित्रै न्यायाधीश नियुक्ति गर्न सर्वोच्चको परमादेश : ८ रिक्त पद कहिले पूर्ति हुन्छ?

अप्ठ्यारो’ मा कप्तानी दाबी: ओलीको ‘झोला नफ्याँक्ने’ घोषणा कि विरासतको मोह?

सम्बन्धित

कानुनले तोकेको समयभित्रै न्यायाधीश नियुक्ति गर्न सर्वोच्चको परमादेश : ८ रिक्त पद कहिले पूर्ति हुन्छ?

अप्ठ्यारो’ मा कप्तानी दाबी: ओलीको ‘झोला नफ्याँक्ने’ घोषणा कि विरासतको मोह?

साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं : प्रधानमन्त्री मोदी

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, भेटलाई लिएर चर्चा तीव्र

केपी ओलीको कडा घोषणा: छानबिन आयोग ‘प्रतिशोधपूर्ण’, बयान नदिने

केपी ओलीको गम्भीर आरोप: भदौ २३–२४ का घटना ‘पूर्वनियोजित षड्यन्त्र’ भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group