ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको ‘विवादित अभिव्यक्ति’ ले तात्यो संसद्: ‘जग्गा मिचिएको हिसाब देऊ, नत्र माफी माग’


एबीसी न्यूज
जेष्ठ १८, २०८३ सोमबार   २ : ५३   बजे

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले हालै एक सार्वजनिक मञ्चमा “नेपालले पनि भारतको जग्गा मिचेको छ” भनी दिएको अभिव्यक्तिले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइप्रति कडा आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

“कुन जग्गा मिचियो? एक-एक इन्चको हिसाब चाहिन्छ”

नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले ३ करोड नेपालीको शिर निहुरिएको टिप्पणी गरे। उनले भने, “रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याएको छ। नेपालले भारतको कहाँ-कहाँ जग्गा मिचेको छ, उहाँले एक-एक इन्चको हिसाब दिनुपर्छ। भोलि भारतले हाम्रो जग्गा फिर्ता माग्यो भने हामीले कुन जमिन दिने?”

उनले परराष्ट्र मन्त्रालयले यसलाई ‘क्रस बोर्डर अकुपेसन’ भन्दै गरेको बचाउलाई पनि ‘अपरिपक्व’ र ‘हास्यास्पद’ भन्दै खारेज गरे।

“माफी नमागेसम्म विरोध जारी”

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती र देशद्रोही’ को संज्ञा दिए। उनले भने, “नेपालले कहिल्यै एक इन्च भूमि मिचेको छैन। थाहा छैन भने हामीसँग सिक्न आउनुहोस्। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर माफी नमागेसम्म संसद्मा विरोध जारी रहन्छ।”

महरले प्रधानमन्त्रीको पोसाक र संसद्प्रतिको गैरजिम्मेवार शैलीप्रति समेत प्रश्न उठाउँदै सदनलाई ‘फेसन शो’ नबनाउन चेतावनी दिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय मिडियालाई नेपालविरुद्ध प्रचार गर्ने मौका दिएको गुनासो गरे।

“अनुमानका भरमा राष्ट्र चल्दैन”

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘चिया पसलको गफ’ भन्दै तथ्य पेस गर्न चुनौती दिए। उनले भने, “अनुमानका भरमा राष्ट्र चल्दैन। यदि नेपालले सीमा मिचेको हो भने त्यसको प्रमाण संसद्मा पेस गर्नुहोस्। तथ्यबिना बोलिएका ती रेकर्डहरू तुरुन्त हटाउन माग गर्दछु।”

विपक्षी दलको साझा निर्णय

सोमबार बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार विपक्षी दलहरूले निम्न मागहरू अघि सारेका छन्:

  • प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भई सार्वजनिक रूपमा माफी माग्नुपर्ने।
  • विवादित अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने।
  • नेपालको सीमासम्बन्धी दाबीलाई कमजोर बनाउने कार्य तत्काल रोक्नुपर्ने।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले सत्तापक्ष र विपक्षबीचको दूरी बढाएको छ। अब प्रधानमन्त्री शाहले संसद्मा आएर यसबारे के प्रष्टीकरण दिन्छन्, त्यो हेर्न बाँकी छ। राष्ट्रियता र सीमाजस्तो संवेदनशील विषयमा आएको यो अभिव्यक्तिले आगामी दिनमा थप राजनीतिक जटिलता निम्त्याउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको ‘विवादित अभिव्यक्ति’ ले तात्यो संसद्: ‘जग्गा मिचिएको हिसाब देऊ, नत्र माफी माग’

संवाद र सहमतिबाट टुग्याउनुपर्छ ः कांग्रेस नेता, साउद भिडियो

सम्बन्धित

राष्ट्रिय सभामा ‘बालेन-बहस’: प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसदहरूको आक्रोश, सदन अवरुद्ध

सरकारको दूतावास बन्द निर्णयप्रति एमाले नेता प्रदीप ज्ञवालीको आपत्ति, कूटनीति कमजोर हुने चेतावनी (भिडियोसहित)

बजेटमा शिक्षा: प्राथमिकता कि पुरानै निरन्तरता ?(भिडियोसहित)

रवि लामिछानेको पाँचदिने भारत भ्रमण : दिल्लीदेखि अयोध्यासम्म

पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन ‘सनसेट ल’ तयार, सरकारलाई यसै साता मस्यौदा बुझाइने

क्रस–होल्डिङ र अतिक्रमण फरक विषय भन्दै नेकपाको स्पष्टिकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group