ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीडीपीको अनुपातमा १० वर्षयताकै सानो र सन्तुलित बजेट ल्याइएको होः अर्थमन्त्री डा. वाग्ले


एबीसी न्यूज
जेष्ठ १८, २०८३ सोमबार   १२ : ०७   बजे

काठमाडौं १८ जेष्ठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गर्नुभएको छ । 
सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको स्पष्ट पार्नुभयो । आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गर्नुभयो । उहाँले ६५० अर्ब ऋणको चर्चा भएपनि त्यसको आधाभन्दा बढी हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा जाने हुँदा खुद ऋणको भार न्युन रहने विश्लेषण गर्नुभयो । सरकारले आगामी वर्ष १५८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको जानकारी दिँदै उहाँले आन्तरिक स्रोत परिचालनमा सरकार दृढ रहेको बताउनु भयो । वैदेशिक ऋणको उपयोग क्षमतामा सुधार ल्याएर ऋण–जीडीपी अनुपातलाई सन्तुलनमा राखिने उहाँको भनाइ थियो । 
विगत २० वर्षमा निर्मित पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ (आर्थिक वृद्धि चतुर्भुज) को अवधारणा अघि सारिएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो । उहाँकाअनुसार मुग्लिन–पोखरा, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण सडक खण्डलाई विस्तार गरी आर्थिक गतिविधि बढाइनेछ । प्रविधिको क्षेत्रमा बजेटले नवीन फड्को मारेको दाबी समेत गर्नुभयो । 
बजारमा देखिएको शिथिलता र न्युन मागलाई सम्बोधन गर्न आयकरमा छुट र कर प्रोत्साहनका सुविधाहरू ल्याइएको उहाँले बताउनु भयो । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्न र लगानीको वातावरण बनाउन सरकारले साना तर प्रभावकारी कदमहरू चालेको उहाँको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता पुराना अधुरा आयोजनाहरू सम्पन्न गर्ने र नयाँ प्रविधिमैत्री अर्थतन्त्रको जग बसाल्ने रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको ‘विवादित अभिव्यक्ति’ ले तात्यो संसद्: ‘जग्गा मिचिएको हिसाब देऊ, नत्र माफी माग’

संवाद र सहमतिबाट टुग्याउनुपर्छ ः कांग्रेस नेता, साउद भिडियो

सम्बन्धित

प्रधानमन्त्रीको ‘विवादित अभिव्यक्ति’ ले तात्यो संसद्: ‘जग्गा मिचिएको हिसाब देऊ, नत्र माफी माग’

राष्ट्रिय सभामा ‘बालेन-बहस’: प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसदहरूको आक्रोश, सदन अवरुद्ध

सरकारको दूतावास बन्द निर्णयप्रति एमाले नेता प्रदीप ज्ञवालीको आपत्ति, कूटनीति कमजोर हुने चेतावनी (भिडियोसहित)

बजेटमा शिक्षा: प्राथमिकता कि पुरानै निरन्तरता ?(भिडियोसहित)

रवि लामिछानेको पाँचदिने भारत भ्रमण : दिल्लीदेखि अयोध्यासम्म

पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन ‘सनसेट ल’ तयार, सरकारलाई यसै साता मस्यौदा बुझाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group