ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड


एबीसी न्यूज
जेष्ठ १२, २०८३ मंगलबार  ११ : ५५ बजे

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा हेर्ने वर्तमान सरकारी तथा संस्थागत अभ्यासले जोखिम अझ बढाइरहेको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत एकीकरण आवश्यक रहेको बताएका छन् ।

विज्ञहरूका अनुसार जलवायुजन्य जोखिम बढ्दै गएकाले स्थानीय समुदायको उत्थानशीलता वृद्धि गर्नु र ‘हानि–नोक्सानी’ (लस एण्ड ड्यामेज) कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अब अपरिहार्य बनेको छ ।

जलवायु विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तन र विपद्बीचको गहिरो सम्बन्धलाई बेवास्ता गर्न नहुने बताउँदै दुवै क्षेत्र हेर्ने निकायबीच समन्वय र एकीकृत कार्ययोजना आवश्यक रहेको धारणा राख्नुभयो । उहाँका अनुसार विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले विपद् हेर्ने र वन तथा वातावरण मन्त्रालय तथा कृषि मन्त्रालयले जलवायु परिवर्तन हेर्ने वर्तमान संरचनाले समस्या थप जटिल बनाएको छ ।

उहाँले प्रकोपलाई वैज्ञानिक दृष्टिकोणबाट नबुझ्दा विपद् बढ्ने उल्लेख गर्दै वायुमण्डलीय चाप, तापक्रम र मौसम प्रणालीको परिवर्तनलाई आधार मानेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो । साथै ‘ट्रिपल प्लानेटरी क्राइसिस’ अर्थात् जलवायु परिवर्तन, जैविक विविधता ह्रास र प्रदूषणले विश्वव्यापी जोखिम बढाइरहेको उहाँको भनाइ छ । कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तन अब केवल प्राविधिक विषय नभई प्रत्यक्ष जीवनसँग जोडिएको चुनौती बनेको बताउनुभयो । उहाँले नेपालले न्यून योगदान दिए पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै ‘हानि–नोक्सानी’ क्षतिपूर्ति प्रणालीलाई व्यवहारिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारका अनुसार विपद् पूर्वतयारीमा ७० प्रतिशत र प्रतिकार्यमा ३० प्रतिशत बजेट विनियोजन गर्ने नीति अघि सारिएको छ । साथै स्थानीय तहलाई विपद् र वातावरणीय कार्यमा सशक्त बनाउन ‘एलजी–पास’ प्रणालीमार्फत विशेष प्रोत्साहन दिने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार हालै सुर्खेत, सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा देखिएका बाढीपहिरो र विपद् घटनाले जलवायु परिवर्तनलाई अलग्गै नभई विपद्सँग जोडेर हेर्नुपर्ने आवश्यकतालाई पुष्टि गरेको छ ।

विज्ञ र सरकारी प्रतिनिधिहरूले तीनै तहका सरकार, गैरसरकारी संस्था र विकास साझेदारबीच सहकार्य मजबुत नबनाए जलवायुजन्य जोखिम नियन्त्रण गर्न कठिन हुने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

पत्रकार किशोर श्रेष्ठमाथिको प्रहार: ‘सेटिङ’ को सिकार कि राज्यशक्तिको दमन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com