बर्दिबास, १२ जेठ । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले काठमाडौं महानगरपालिका– २२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन् ।








प्रतिक्रिया दिनुहोस्