ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेतृत्व सुधार आवश्यक, नीति–रणनीतिमा परिवर्तन बिना आन्दोलन अघि बढ्दैनः निर्मल भट्टराई (भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ ९, २०८३ शनिबार  १२ : २५ बजे

काठमाडौं । नेकपा (एमाले) भित्रको नेतृत्व र रणनीतिमा सुधार आवश्यक रहेको भन्दै बाम बुद्धिजीवी तथा नेकपा (एमाले) का नेता निर्मल भट्टराई ले एबीसी टेलिभिजनको “वाच” कार्यक्रममा स्पष्ट टिप्पणी गर्नुभएको छ।

कविराज विसीसँगको अन्तरवार्तामा भट्टराईले वर्तमान एमाले नेतृत्वमा देखिएको आत्मकेन्द्रित निर्णयशैली र व्यक्तिगत घमण्डले पार्टी एकता कमजोर बनाएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, नीति र रणनीति सुधार नगरी कम्युनिस्ट आन्दोलनलाई पुनः मजबुत बनाउन सकिँदैन।

‘नेतृत्वले आफूलाई मात्र सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति देखियो, जसले पार्टी भित्रको लोकतान्त्रिक निर्णय प्रक्रियालाई प्रभावित बनायो र कम्युनिस्ट आन्दोलन कमजोर बनायो,’ उहाँले भन्नुभयो।

भट्टराईले पार्टी एकताको नाममा पद जोगाउने वा स्वार्थ पूर्तिका लागि निर्णय गर्ने प्रवृत्ति पनि फेर्नुपर्ने बताए। उहाँका अनुसार, जनताको अपेक्षा अनुसार काम गर्ने, रणनीति परिवर्तन गर्ने र नयाँ नेतृत्वलाई अवसर दिनेबिना एमाले र समग्र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सकिँदैन।

उहाँले दक्षिण एसियाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्थासमेत उदाहरण दिँदै, नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि नेताहरूको व्यक्तिगत घमण्ड र आन्तरिक कमजोरीका कारण आन्दोलन कमजोर भएको टिप्पणी गर्नुभयो।

भट्टराईले स्पष्ट पार्नुभयो कि नेतृत्व परिवर्तन, नीति सुधार र संगठनात्मक पुनर्संरचना नै अहिलेको प्रमुख आवश्यकता हो। उहाँको धारणा अनुसार, यी सुधार भएमा मात्र एमाले र नेपालका कम्युनिस्ट आन्दोलनले जनताको अपेक्षा अनुसार पुनः मजबुत रूपमा अघि बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

एमाले बैठकमा तीव्र बहस : चार उपाध्यक्षसहित अष्टलक्ष्मी शाक्यले पनि मागिन् ओलीको राजीनामा

सम्बन्धित

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद

एमाले बैठकमा तीव्र बहस : चार उपाध्यक्षसहित अष्टलक्ष्मी शाक्यले पनि मागिन् ओलीको राजीनामा

एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’

चीनको कोइला खानीमा विस्फोट: ८० भन्दा बढीको मृत्यु

एपीजीको चेतावनीपछि रविविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, राजनीतिक तरंग तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com