काठमाडौं, ७ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् ।
जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन छन् ।उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए ।यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लागेका हुन् ।
उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने राजीनामा दिइसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्