ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनको विषयमा राजनीतिक स्टन्ट नगर्न सरकारलाई गगनको चेतावनी


एबीसी न्यूज
जेष्ठ ३, २०८३ आईतबार  १० : ०३ बजे

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयमा राजनीतिक ‘स्टन्ट’ नगर्न सरकारलाई चेतावनी दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लहडको भरमा लोकप्रियता कमाउने माध्यमका रूपमा अघि नबढाउन सरकारलाई चेतावनी दिएका हुन्।

उनले संविधान प्रत्येक १० वर्षमा पुनरवलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संविधान संशोधन प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। उनले सरकारले ‘मैले गर्न खोजेको थिएँ, फलानाले गर्न दिएन’ भन्ने सन्देश फैल्याउने गरी संशोधनको बहस उठाएको भन्दै आपत्ति जनाए।

उनले संविधान संशोधन कुनै सनक वा हल्लाको भरमा नभई सम्हालिएर गर्नसमेत सुझाव दिए। उनले संविधान संशोधनलाई सहमतिमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी संसद्‌भित्रैबाट सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे।

संसद्‌बाटै बन्ने संयन्त्रले संविधान संशोधनको विषयमा साझा धारणा बनाउँदा दलहरुबीच विश्वास र सहकार्यको वातावरण बन्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

सम्बन्धित

बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड

पूर्वराष्ट्रपति भण्डारीको सन्देश–एमालेमा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाए अझै जनविश्वास आर्जन सम्भव

कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

आजदेखि अधिकमास अर्थात् मलमास सुरु

आज रास्वपाको वडा अधिवेशन, देशभरका १५ सय वडामा नयाँ समिति चुनिँदै

अमेरिकामाथि नेपालको शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com