काठमाडौं, २ जेठ । आज शनिबार काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
दिउँसो १/२ बजेसम्म मौसम आंशिक बदली रहने र त्यसपश्चात् बादल बढ्दै गएर काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छु, उनले भने।देशभरको मौसम प्रक्षेपण भने मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्नेछ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो ? मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।








प्रतिक्रिया दिनुहोस्