ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


एबीसी न्यूज
जेष्ठ १, २०८३ शुक्रबार  ७ : १८ बजे

काठमाडौं, १ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् ।आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो ।मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।मधेश प्रदेशसभामा हाल कायम रहेको १०२ जना प्रदेशसभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ । अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरुको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ ।
मधेश प्रदेश सरकारलाई नेपाली काँग्रेसको २२ जना, जसपा नेपालको २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य छन् ।

मधेश प्रदेशसभाका सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ प्रदेशसभा वैठक बोलाइएको जानकारी दिए ।

यद्यपि मधेश सरकारलाई दिएको समर्थन फिर्तापछि जनमत पार्टीमा आन्तरिक विवाद छ । दुई मन्त्री पदमै छन् । जनमतका बहुमत ९जना प्रदेश सांसदले वैशाख २१ गते साँझ मधेश सरकारबाट समर्थन फिर्ता लिएका थिए । तर, जनमतबाट अर्थमन्त्री रहेका र संसदीय दलका नेता महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री रहेका वसन्त कुशवाहा पदमा कायम छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com