ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची


एबीसी न्यूज
बैशाख ३१, २०८३ बिहीबार  ८ : २० बजे

काठमाडौं, ३१ वैशाख । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।

संसदप्रति प्रधानमन्त्री वालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री शाह संसद्‌ बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहँदा बैठक छाडेर हिँडेका थिए। यसको चर्को रुपमा आलोचना भइरहेको छ। परिणामतः बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो। नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो। तर, शून्य समयमा मात्रै संसद् कार्यसूचीअनुसार चल्यो। सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल सुरू गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएपछि विपक्षी दलका सांसदहरू उठेर नाराबाजी थालिहाले।

प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रममा जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले एजेन्डा मात्र बनाएनन्, बैठक नै अवरोधसमेत गरे। उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरे । हुन त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसअघि नै आकस्मिक समय लिएर रूलिङ गरेरै भए पनि प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउनुपर्ने माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

सम्बन्धित

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्षस्थानमा

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com