बेइजिङ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ विशेष विमान ‘एयर फोर्स वन’ मार्फत चीनको राजधानी बेइजिङ अवतरण गरेका छन्। सन् २०१७ पछिको यो पहिलो ऐतिहासिक राष्ट्रपति भ्रमणलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ।
विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङ र सैन्य सम्मानका साथ ट्रम्पलाई भव्य स्वागत गरियो। बेइजिङको सडकमा अमेरिकी र चिनियाँ झण्डा फहराइरहेका नागरिकहरूको भिड देखिन्थ्यो।
मुख्य आकर्षण: व्यापारिक टोली र अन्तिम समयको ‘सरप्राइज’
भ्रमणको सबैभन्दा रोचक पक्ष एनभिडिया (Nvidia) का प्रमुख कार्यकारी अधिकृत जेन्सन हुवाङको उपस्थिति रह्यो। सुरुमा व्यापारिक प्रतिनिधिमण्डलको सूचीमा नअटाएका हुवाङलाई राष्ट्रपति ट्रम्पले मंगलबार बिहान फोन गरेरै निम्तो दिएका थिए।
- हुवाङको इन्ट्री: उनी अलास्कामा एयर फोर्स वनमा चढेका थिए।
- ट्रम्पको भनाइ: ट्रम्पले सामाजिक सञ्जालमा हुवाङलाई ‘द ग्रेट जेन्सन हुवाङ’ भन्दै प्रशंसा गरेका छन् र चिनियाँ बजारमा अमेरिकी प्रविधिको जादु देखाउन सी चिनफिङसँग आग्रह गर्ने बताएका छन्।
टोलीमा टेस्लाका एलोन मस्क र एप्पलका विदा हुन लागेका सीईओ टिम कुक पनि सामेल छन्।
चुनौतीको पहाड: मध्यपूर्व र इरानको छाया
चीन भ्रमणमा निस्कनुअघि ट्रम्पले “इरान पूर्ण रूपमा हाम्रो नियन्त्रणमा छ” भनेर दाबी गरे पनि वास्तविकता भने अलि फरक देखिन्छ।
- युद्धको राप: अमेरिका र इजरायलको सैन्य लक्ष्य अझै टाढा छ र इरानसँगको वार्ता अहिले ‘डेडलक’ को अवस्थामा छ।
- स्ट्रेट अफ हर्मुज: इरानले हर्मुज जलसन्धिमा गरेको अवरोधले विश्व ऊर्जा बजारलाई त्रसित बनाएको छ। तर ट्रम्पले भने, “मलाई अमेरिकीहरूको आर्थिक अवस्थाको चिन्ता छैन, मुख्य कुरा इरानसँग आणविक हतियार हुनुहुँदैन।”
सन्तुलन फेरिएको बेला
यसपटकको भ्रमण सन् २०१७ को जस्तो सहज छैन। चीनले गत वर्ष अमेरिकालाई महत्वपूर्ण खनिज निर्यातमा कडाइ गरेर झुकाउन सफल भएको थियो। यस्तोमा ट्रम्पले सी चिनफिङसँग कस्तो ‘डिल’ गर्छन् भन्नेमा सबैको चासो छ।
| प्रतिनिधि मण्डलका मुख्य व्यक्ति | भूमिका |
| मार्को रुबियो | विदेश मन्त्री |
| पिट हेगसेथ | रक्षा मन्त्री |
| स्कट बेसेन्ट | ट्रेजरी सेक्रेटरी (मुख्य वार्ताकार) |
| जेन्सन हुवाङ | प्रविधि र एआई परामर्श |








प्रतिक्रिया दिनुहोस्