ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशपछि संवैधानिक नियुक्तिको दौड, सरकारमाथि शक्ति केन्द्रिकरणको आरोप


एबीसी न्यूज
बैशाख २४, २०८३ बिहीबार   १ : ०५   बजे

काठमाडौं, २४ वैशाख । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाउन सक्रियता बढाएको छ। प्रधानमन्त्री बालेन शाह ले आज साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ। बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिस गर्ने तयारी गरिएको बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेपछि नियुक्ति प्रक्रियाले तीव्रता पाएको हो। तर अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाइएको भन्दै सरकारको कदममाथि प्रश्न उठ्न थालेको छ।

विपक्षी दल तथा कानुनविद्हरूले संसदीय छलफल र सहमतिको प्रक्रियालाई कमजोर बनाउँदै सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा आफ्नो प्रभाव बढाउन खोजेको आरोप लगाएका छन्। संवैधानिक परिषद् जस्तो महत्वपूर्ण संयन्त्रलाई अध्यादेशमार्फत चलाउने प्रयासले लोकतान्त्रिक अभ्यास र शक्ति सन्तुलनमा असर पर्ने उनीहरूको तर्क छ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्वपूर्ण संवैधानिक पद लामो समयदेखि रिक्त छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, महिला आयोग, मुस्लिम आयोग र थारू आयोगमा समेत पदाधिकारी अभाव छ।सरकारले भने रिक्त पदका कारण संवैधानिक निकायको काम प्रभावित भएकाले नियुक्ति प्रक्रिया छिटो अगाडि बढाउन अध्यादेश आवश्यक भएको दाबी गरेको छ।

संवैधानिक व्यवस्था अनुसार परिषद्ले पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने र त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ। तर अध्यादेशमार्फत प्रक्रिया सहज बनाइएपछि आगामी नियुक्तिहरू निष्पक्षता र राजनीतिक प्रभावको बहसको केन्द्रमा पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

राजस्वमा फेरबदल : आयकरमा राहत, शिक्षा–स्वास्थ्य र बिजुलीमा करको भार

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group