ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणका क्रममा ओली र मोदी विच वान टु वान वार्तामा के के भयो ?


एबीसी न्यूज
चैत्र २६, २०७४ सोमबार   ७ : ३४   बजे

काठमाडौं, २६ चैत । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भारत भ्रमण सकेर आइतवार साझ नेपाल फिर्ता हुनुभएको छ । नेपाल फर्केलगतै विमान स्थलमा भएको पत्रकार सम्मेलनमा भ्रमण सफल र निकै उपलब्धिमूलक भएको बताउनुभयो । उहाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी

संग वान टु वान वार्ता समेत गर्नुभएको थियो । वान टु वान वार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले नेपालमा गरेको विकास निर्माणका कार्यप्रति असन्तुष्टी जनाउनुभएको थियो । दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा ओलीले नेपालीले भारतका कारण भोग्दै आएका ज्यादतीका विषयमा कुरा उठाउनुभएको थियो । साथै ओलीले भारतले नेपालको विकासमा पुर्याएका अवरोधका बारेमा कुरा समेत उठेको थियो।

प्रधानमन्त्री ओलीले मोदीलाई पटक–पटक सानासाना कुराले विश्वासको वातावरण बिगारेको भन्दै अब विश्वासको आधार बनाउँनु पर्ने बताउनु भएको थियो । ओलीले नेपालको जुट र अदूवा निकासीमा भारतको अवरोधदेखि डुबानसम्मका समस्यामा भारतको कर्मचारीतन्त्रले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री तहमै असन्तुष्टि समेत जनाउनु भएको थियो ।

‘भारतसँगको नेपालको ब्यापार घाटा ‘अलार्मिङ प्वाइन्ट’ मा पुगिसक्यो । यसमा अब पनि हामी गम्भिर भएनौं भने नेपालले त धान्न सक्दैन । यस्तो विषयमा भारतले विश्वासको आधार बनाउनुपर्ने हो । हामी तपाईहरुको व्यापारिक प्रतिस्पर्धी होइनौं । त्यसैले ब्यापार घाटा कम गर्ने सन्दर्भमा भारत लचिलो भइदिनुपर्यो । उदाहरणका लागि जुटकै कुरा गरौं । ‘

‘यो कुराले म सिरियस भएँ’ भन्दै तत्कालै वाणिज्य सचिवस्तरीय बैठक राखेर काम गरिहालौं , भारतिय प्रधानमन्त्री मोदीले भन्नुभएको थियो । विश्वासको आधार कमजोर भएको भन्दै ओलीले मोदीलाई यसरी सम्झाउनुभयो , ‘एकीकृत महाकाली सन्धी भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धी गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । जम्मा डेढ किलोमिटर सडक २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? भारतले प्रतिदिन २६ किलोमिटर नयाँ सडक बनाइरहेको भन्ने मैले सुनेको छु । तर डेढ किलोमिटर सडक बनाउने प्रतिबद्धता अहिलेसम्म पूरा नहुनु लाजमर्दो भयो । यस्ता साना साना कुरा हुन्, जसले आपसी विश्वासको आधार तय गर्छन् ।’

मोदीले जवाफ यस्तो थियो , ‘म योसुनेर अचम्मित भएको छु । तत्कालै उत्तराखण्ड सरकारलाई भन्छु । टनकपुरलाई नेपालसँग जोड्ने डेढ किलोमिटर लिंक रोड बनाउन तत्कालै अघि बढ्छ ।’
प्रधानमन्त्री ओलीले अर्को गुनासो राख्नुभयो ‘प्रत्येक वर्ष डुबानबाट नेपालतर्फ गरीवहरुको उठिबास भएको छ । सानो झुप्रो र केही खेतबाट जीवन धानिरहेका हाम्रा जनता नदीको बहाव थुनिदा उठिबास भएका छन् । यसअघिका भ्रमणमा हाम्रै तहमा कुरा भएर संयुक्त रुपमा भ्रमण गर्ने र नदीको बहाव नरोकिने उपाय खोज्ने सम्झौता भएको हो । तर, अहिलेसम्म केही प्रगति भएन । यसपटक वर्षा लाग्नुअघि नै यो समास्या समाधान गरौं ।
‘यो कुरा यसअघि पनि भएको हो, के कारणले भएन । अब संयुक्त मेकानिजम बनाएर गरौं ।’ मोदीले भन्नुभयो ।

‘ओलीजीको सम्बृद्धि र विकासको बोल्ड भिजनबाट म प्रभावित भएँ । अब नयाँ ढंगबाट सहकार्य गरौं । कमिमजोरी र ढिलासुस्ती हटाउँदै अघि बढ्न म तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group