ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ


एबीसी न्यूज
बैशाख १७, २०८३ बिहीबार  १० : ५९ बजे

काठमाडौं, १७ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सदनलाई छलेर अध्यादेश ल्याउने सरकारको प्रक्रिया लोकतन्त्रको खिलाफमा रहेको बताएका छन्।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सदनको अधिवेशनलाई स्थागित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराका विरुद्धमा भएकाले यस्तो गल्ती नगर्न सरकारलाई चतावनी दिएका छन्।

साथै दाहालले सरकारले अहिलेको संवैधानिक व्यवस्था, परम्परा र अन्तर्राष्ट्रिय मान्यतालाई पनि मिचेर ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने कुरा निरंकुशतातिरको यात्रा हुन सक्ने भन्दै यसलाई तत्काल रोक्न माग गरेका छन्।

सरकारले सुकुमवासी बस्ती खाली गराएको विषयमा प्रतिक्रिया दिँदै उनले भने, ‘सुकुमवासीको वास्तविक पहिचान र उनीहरुको वैकल्पिक व्यवस्थापन नगरीकन बल प्रयोगको तरिकाले डोजर लगाएर गरिब, निमुखालाई आहत हुने किसिमले जो काम सरकारले गरेको छ, बिलकुल गलत छ।’

भर्खरै सम्पन्न आमनिर्वाचन सामान्य र स्वाभाविक नभएको भन्दै संयोजक दाहालले कैयौं ठाउँबाट आएका रिपोर्टले फरक प्रकारको शंका उत्पन्न गराएको भन्दै उनले भने। ‘जित्नुपर्नेले हारेको छ, हार्नुपर्नेले जितेको छ। अनि कति ठाउँमा त आफैले हालेको मतसमेत पनि नपाएका भन्ने सुनियो। यसकारण यो निर्वाचन अरु बेलाको जस्तो सामान्य र स्वाभाविक होइन।’

आफ्नो पार्टी अब एकताका बाँकी काम सम्पन्न गर्न महाधिवेशनको तयारीमा जुटेको बताउँदै उनले आगामी मंसिर ११ देखि १५ मा महाधिवेशन गर्ने र यसअघि विभिन्न तहका अधिवेशनहरु सम्पन्न गरेर नयाँ तरिकाले अघि बढ्ने योजना दाहालले सुनाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com