ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. ३ को प्रदेश संसद बैठकमा दुईवटा विधेयक पारित


admin
चैत्र २५, २०७४ आईतबार  ७ : ४१ बजे

हेटौंडा, २५ चैत । प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ ।

आज अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो ।

त्यसैगरी, ११ औं बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी तीनवटा विधेयक संसदमा प्रस्तुत गर्नुभयो ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो ।

विशेष समयमा राजधानीको मुद्दा 

संसदको विषेश समयमा बोल्नेक्रममा सांसदहरूले प्रदेशको राजधानीको नामाकरण र स्थान छिटो तोक्नुपर्ने, भूकम्प पीडितको राहत र बलात्कार लगायतको बिषयमा बोल्नुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्य रिया केसी, केशव पोखरेल र केशवराज पाण्डेले प्रदेशको राजधानी र नामकरण छिटो तोक्न बैठकमा आग्रह गर्नुभयो । उहाँहरू तीनजनाले नै राजधानी हेटौंडा अथवा जहाँ तोकिए पनि स्वीकार्य हुने बताउनुभयो ।

सांसद रिता माझीले हिन्दुहरूको पर्वमा बिदा कटौती गरिएको तर क्रिस्मशलाई कटौती नगरिएकोमा आपत्ति जनाउनुभयो । सांसद रिना गुरुङले सरकारले वर्षा लाग्नु पहिले नै विपद् व्यवस्थापनको तयारी तथा सडक निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामलाल महतोले चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु संरक्षण ऐन–२०२९ खारेज वा संशोधनको माग गर्नुभयो ।

सांसद रिया केसीले बलात्कारका घटना हुन नदिन प्रदेश सरकार गम्भीर हुनुपर्ने र दोषीलाई फाँसीको सजाय हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com