ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासनको नारामाथि प्रश्न : बालेन सरकारमै दोहोरियो रासस पत्रकारलाई सहयोगी बनाउने अभ्यास


एबीसी न्यूज
बैशाख ४, २०८३ शुक्रबार  २ : ४२ बजे

काठमाडौं – सुशासन र पारदर्शिताको एजेन्डा बोकेको बालेन्द्र शाह नेतृत्वको सरकार स्वयं विवादमा परेको छ। राष्ट्रिय समाचार समिति (राष्ट्रिय समाचार समिति) का पत्रकारलाई मन्त्री सचिवालयमा सहयोगीका रूपमा लगाउने पुरानै अभ्यास वर्तमान सरकारले पनि रोक्न नसकेको पाइएको हो।

स्रोतका अनुसार राससका चार जना पत्रकार हाल विभिन्न मन्त्री तथा उच्च पदाधिकारीका सचिवालयमा कार्यरत छन्। यसले संस्थाको नियमित समाचार उत्पादनमा असर परेको र सरकारी सञ्चार संयन्त्र नै कमजोर हुने चिन्ता व्यक्त गरिएको छ।

अघिल्ला सरकारहरूमा पनि प्रभावशाली मन्त्रीहरूले राससका पत्रकारलाई “सहयोगी” का रूपमा लैजाने अभ्यास थियो। तर सुशासनको वाचा गर्दै आएको वर्तमान सरकारले समेत उक्त प्रवृत्तिलाई निरन्तरता दिएको भन्दै आलोचना बढ्न थालेको छ।

राससकै एक पत्रकारका अनुसार, “हरेकपटक सरकार परिवर्तन हुँदा यहाँबाट मन्त्री सचिवालयमा जाने चलन पुरानै हो, यसपटक पनि उस्तै भयो।” प्रशासनका एक अधिकारीले भने पत्रकारहरूबीच नै सचिवालयमा जाने प्रतिस्पर्धा हुने गरेको खुलासा गरे।

स्रोतले दिएको जानकारीअनुसार, राष्ट्रपति रामचन्द्र पौडेल को सचिवालयमा पुगेका सूर्यचन्द्र बस्नेत अझै मूल कार्यालय फर्किएका छैनन्। त्यसैगरी, सृजना राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, हेमन्त जोशी सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सचिवालयमा तथा सिबी अधिकारी शिक्षामन्त्रीको सचिवालयमा कार्यरत छन्।

सरकारले एकातिर सार्वजनिक निकायको पुनःसंरचना र सुशासनको प्रतिबद्धता व्यक्त गरिरहेको छ भने अर्कोतर्फ समाचार लेख्ने जनशक्तिलाई नै अन्यत्र खटाउँदा राष्ट्रिय समाचार समिति को प्रभावकारिता घटिरहेको टिप्पणी हुन थालेको छ।

यस घटनाले सरकारी सञ्चार प्रणालीको निष्पक्षता, पेशागत आचारसंहिता र सुशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com