ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति छानबिनको दायरामा ज्ञानेन्द्र शाहदेखि वालेन्द्र शाहसम्म


एबीसी न्यूज
बैशाख ३, २०८३ बिहीबार   १२ : ५२   बजे

काठमाडौं, ३ वैशाख । २०६२/६३ को जनआन्दोलन र राजनीतिक परिवर्तनपछि नेपालमा सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्तिको स्रोतबारे जाँचबुझ गर्न आयोग गठन गरेसँगै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलदेखि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसम्म जाँचबुझको दायरामा परेका छन्।

सरकारले मिति नतोकी केवल वर्ष मात्र सार्वजनिक गरेको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा संवैधानिक दायरा मिचेर शाही घोषणा मार्फत शासन आफ्नो नेतृत्वमा लिएर मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए।उनले यस अगाडि २०५९ साल जेठ ८ गते संसद विघटन गरेका थिए। २०६३ वैशाख ११ गते राति संसद् पुनः स्थापना गरेका थिए।त्यसको आधारमा २०६२ लाई वैशाख १ बाट हेर्ने हो भने तत्कालीन मन्त्रिपरिषद्का अध्यक्षको हैसियतमा ज्ञानेन्द्र शाहको सम्पत्तिको स्रोत समेत छानबिनको दायरामा पर्ने भएको छ।

गणतन्त्रको घोषणापछि डा। रामवरण यादवस् प्रथम राष्ट्रपति बनेका थिए। त्यसपछि विद्यादेवी भण्डारी र अहिले पौडेल राष्ट्रपति छन्। उनीहरूको पृष्ठभूमि पनि राजनीतिक हो। दलबाट सांसद हुँदै उनीहरू राष्ट्रपतिमा निर्वाचित भएका थिए।२०६२ देखि यताका प्रधानमन्त्री हेर्ने हो भने कांग्रेसका गिरिजाप्रसाद कोइराला, माओवादीका पुष्पकमल दाहाल ुप्रचण्डु, तत्कालिन एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादीका डा। बाबुराम भट्टराई, संसद बाहिरबाट खिलराज रेग्मी, कांग्रेसका सुशील कोइराला, एमालेका केपी शर्मा ओली, कांग्रेसका शेरबहादुर देउवा र संसद बाहिरबाट सुशीला कार्की प्रधानमन्त्री भएका थिए।

यी सबैको सम्पत्ति छानबिनको दायरामा परेको छ। यीमध्ये गिरिजाप्रसाद र सुशीलको मृत्यु भइसकेको छ। यसबीमा उच्च पदस्थ कर्मचारी भनेको कुन तहसम्म हो सो सार्वजनिक भएको छैन।

मुख्य सचिवहरू मात्र हेर्ने हो भने पनि २०६२ यता विमल कोइराला, लोकमानसिंह कार्की, मुकुन्द शर्मा पौडेल, डा भोजराज घिमिरे,माधव प्रसाद घिमिरे, लीलामणि पौड्याल, डा सोमलाल सुवेदी, राजेन्द्र किशोर क्षेत्री, लोकदर्शन रेग्मी, शंकर वैरागी, डा वैकुण्ठ अर्याल, लीलादेवी गड्तौला र एक नारायण अर्याल रहेका छन्।

यसमा सुरक्षा निकायका प्रमुखहरू, संवैधानिक निकायका प्रमुखहरू लगायतको सम्पत्ति विवरणबारे जाँचबुझ हुने हो या हैन त्यो खुलेको छैन। सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको निर्णयमा २०६२ देखि २०८३ सम्म भनेकाले यसमा २०६२ को ज्ञानेन्द्र शाहको मन्त्रिपरिषद्देखि अहिले वालेन्द्र शाहको मन्त्रीपरिषद्सम्मका सदस्यहरूको सम्पत्ति समेत जाँचबुझको दायरामा आएको छ।

यसबीचमा नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी दलका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डको सरकारमा गएका रवि लामिछाने, डीपी अर्यालसहित नागरिक सरकारमा मन्त्री रहेकाहरूको सम्पत्ति समेत छानबिनको दायरामा आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group