ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य


एबीसी न्यूज
बैशाख २, २०८३ बुधबार  ७ : ५१ बजे

काठमाडौं,२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता आगामी दुई दिनभित्र पुनः शुरू हुन सक्ने बताएका छन्। यस वार्ताका लागि पाकिस्तान सबैभन्दा सम्भावित गन्तव्य भएको उनले उल्लेख गरे। न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा ट्रम्पले परिस्थिति द्रुत गतिमा विकसित भइरहेकाले वार्ता चाँडै शुरू हुने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।

ट्रम्पले पाकिस्तानका सेना प्रमुख असिम मुनीरको कार्यसम्पादनको प्रशंसा गर्दै त्यहाँ वार्ताको सम्भावना बढेको बताए। यसअघि, अप्रिल ११ मा इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा २१ घण्टा लामो युद्धविराम वार्ता भएको थियो। यद्यपि, उक्त वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।

सो वार्तामा अमेरिकी उपराष्ट्रपति जे।डी। भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफ लगायतको सहभागिता थियो।मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले इरान र पाकिस्तानबीच सन्देश आदानप्रदान भएको जनाए पनि अमेरिकासँगको थप वार्ताबारे कुनै जानकारी दिएको थिएन। इस्लामाबाद वार्तापछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको छ। हाल दुवै पक्षबीच आणविक मुद्दा, हर्मुज जलमार्ग र आर्थिक प्रतिबन्धका विषयमा तीव्र मतभेद कायम छ।ट्रम्पले दोस्रो चरणको वार्तामा आफू व्यक्तिगत रूपमा सहभागी नहुने स्पष्ट पारेका छन्। सीएनएनका अनुसार उपराष्ट्रपति भान्सले नै इरानी अधिकारीहरूसँगको सम्भावित दोस्रो चरणको वार्ताको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यस कूटनीतिक पहलमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नरले पनि सक्रिय भूमिका खेलिरहेका छन्, जसले युद्ध शुरू हुनुअघिदेखि नै वार्ताको नेतृत्व गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com