काठमाडौं, २९ चैत्र । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी एयर फोर्स टु विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्।बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्।इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए। उपराष्ट्रपतिले अमेरिकाको सर्त इरानले नमानेको बताए। यता, इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले आफ्ना ुअत्यधिक मागहरूु राख्न बन्द गर्नुपर्ने बताएका छन्।








प्रतिक्रिया दिनुहोस्