ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?


एबीसी न्यूज
चैत्र २७, २०८२ शुक्रबार   ९ : ०४   बजे

काठमाडौं, २७ चैत्र । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ ले दार्चुलाको विकट बस्तीको कारुणिक अवस्था सार्वजनिक गर्दै राज्यको ध्यान तत्काल त्यता पुग्नुपर्ने बताउनुभएको छ ।

दार्चुला भ्रमणबाट फर्किएपछि सामाजिक सञ्जालमार्फत उहाँले त्यहाँको वास्तविकता उजागर गर्दै विकास, स्वास्थ्य, शिक्षा र यातायातको अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जहाँ म पुगेँ, त्यहाँबाट पालिका कार्यालय पुग्नै ६ घण्टा हिँड्नुपर्छ । जिल्ला सदरमुकाम पुग्न डेढ दिन लाग्छ । फोन लाग्दैन, बिजुली छैन ।”

उहाँका अनुसार स्थानीय बासिन्दा अझै पनि तुइनकै भरमा महाकाली नदी वारपार गर्न बाध्य छन् । यस क्रममा धेरैले आफ्ना परिवारका सदस्य गुमाइसकेको पीडादायी यथार्थ उहाँले सार्वजनिक गर्नुभएको छ ।

एक आमाको पीडालाई उद्धृत गर्दै उहाँले लेख्नुभएको छ, “सुत्केरी बुहारीका लागि औषधि किन्न बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए, कहिल्यै फर्किएनन् ।”

उहाँले स्वास्थ्य चौकी पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने, विद्यालय आधारभूत तहसम्म मात्र सीमित रहेको तथा दैनिक उपभोग्य सामग्रीका लागि एक दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभएको छ ।

राज्यको उपस्थिति केवल सुरक्षा निकायको वर्दीमा मात्र सीमित रहेको संकेत गर्दै उहाँले त्यहाँ १५ जना सशस्त्र प्रहरी र केही नेपाल प्रहरीको उपस्थितिले मात्र त्यो क्षेत्र नेपालकै भूभाग हो भन्ने अनुभूति हुने बताउनुभएको छ ।

श्रमदानमार्फत पुल निर्माणको संकल्प व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “अब मैले धेरै भनिरहनु पर्दैन, अब राज्यको आँखा त्यता दौडनुपर्छ । दार्चुला नेपालको अभिन्न र प्रमुख स्थान बन्नुपर्छ ।”

उहाँको यो अभिव्यक्तिले दुर्गम भूभागमा राज्यको पहुँच, विकासको समानता र नागरिक सुरक्षाबारे पुनः गम्भीर बहस सुरु गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

राजस्वमा फेरबदल : आयकरमा राहत, शिक्षा–स्वास्थ्य र बिजुलीमा करको भार

आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

बजेट गरिब र निजी क्षेत्र सिध्याउनलाई आयो–दुर्गा प्रसाईं

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group