काठमाडौं, २४ चैत्र । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।
सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाएको हो । भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको जानकारी दिए ।
केपी ओली नेतृत्वको सरकारले ३४ मिसनहरुमध्ये १७ मा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो । ती ३४ मध्ये सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले ११ देशका राजदूतहरुलाई गत कात्तिकमै फिर्ता बोलाएको थियो । बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको हो ।








प्रतिक्रिया दिनुहोस्