काठमाडौं, २४ चैत्र । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सोमबार (चैत २३) बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।








प्रतिक्रिया दिनुहोस्