ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो


एबीसी न्यूज
चैत्र २३, २०८२ सोमबार  ७ : ३४ बजे

काठमाडौं, २३ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ । एम चिन्नास्वामी रंगशालामा गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २ सय ७ रन बनाउँदै अलआउट भयो ।

बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पाण्ड्याले समान दुई विकेट तथा सुयाष शर्माले एक विकेट लिए । चेन्नईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाए । टस हारेर ब्याटिङमा आएको बैंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २ सय ५० रन बनाएको थियो ।

जितसँगै बैंगलुरुले प्रतियोगितामा चार अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । अहिलेसम्म तीन खेल खेलेको चेन्नई तीनै खेलमा पराजित हुँदै अंकविहीन छ ।

यस्तै हिजै भएको खेलमा लखनउले विजयी सुरुवात गरेको छ । ऋषभ पन्तको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो । यस सिजनको लखनउको यो पहिलो जित हो ।

जितबाट पहिलो दुई अंक जोडेको लखनउ अंक तालिकाको ७ औँ स्थानमा छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदरावादले दिएको १ सय ५७ रनको लक्ष्य लखनउले १९ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदरावादले लखनउविरुद्ध निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । तीन खेल खेलेको सनराइजर्स तालिकाको ५ औँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल कोलकाताको इडेन गार्डन क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारीमाथि पूर्वमन्त्रीको आरोप

सम्बन्धित

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

आईपीएलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हरायो

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com