ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई


एबीसी न्यूज
चैत्र १९, २०८२ बिहीबार   ७ : ०४   बजे

काठमाडौँ, १९ चैत । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को फागुन २१ गतेको चुनावी विजयलाई लिएर संसद्मा तीखो व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था र भदौ २३–२४ को जेन–जी आन्दोलनका ‘खलपात्र’हरूलाई समेत बधाई दिएका थिए ।

थापाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभूतपूर्व विजयका लागि शुभकामना । यो ऐतिहासिक विजयको जग खन्ने क्रममा धेरै जना बधाईका हकदार छन् । नेपाली सेना, सुशीला कार्की नेतृत्वको सरकार, बारबरा फाउन्डेशन र अन्य सुरक्षा निकायले रास्वपालाई जिताउन भूमिका खेले । उनीहरूलाई पनि धन्यवाद ।’

उनले थप व्यंग्य गर्दै भने, ‘असंख्य तथ्यहरू छन् । तिब्बतीय ओरिजिन ब्लुड (टीओबी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा गोयबल्सहरूले पुराना दल कांग्रेस, एमाले र माओवादीलाई खलनायक बनाउँदै रास्वपाको पक्षमा माहोल बनाए । उनीहरूलाई पनि बधाई ।’

उनले भदौ २३-२४ को आन्दोलनलाई रास्वपाको अघोषित नेतृत्वमा भएको बताएका छन् । ‘फागुन २१ को चुनावमार्फत नीलो क्रान्तिको संस्थागत विजय भएको छ। चैत्र १३ को धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री बालेन्द्र साहको सपथ भएको छ’, उनले भने।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंस र सरकारी संरचनामा आगजनीलाई लिएर थापाले प्रश्न उठाए ।

‘भदौ २३ र २४ मा देश जलाउने खलपात्रहरूलाई जसले नायक बनाए, उनीहरूलाई पनि बधाई । यो जादुमयी परिणामका लागि उनीहरूले नायकको भूमिका खेले,’ उनले व्यंग्यात्मक रूपमा भने ।

थापाले रास्वपाको विजयले ‘असाधारण प्रश्न’ जन्माएको बताए । उनले भने, ‘कुन उद्देश्यका लागि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवास बालुवाटार जलाए रु कसले कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थीलाई निषेधित क्षेत्रमा लगेर गोली चलाउने अवस्था बनायो रु’

‘अहिले कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी रूपमा गृहमन्त्री र प्रधानमन्त्रीलाई गिरफ्तार गरियो रु बालेन्द्र शाह नेतृत्वको यो सरकारले कुन उद्देश्यका लागि विद्यार्थी र पेशाकर्मीको अधिकार खोसिँदैछ रु कुन उद्देश्यका लागि मिडिया ट्रायल र साइबर आतंक मच्चाइँदैछ रु शान्तिपूर्ण विरोधमा निस्किएका एमाले कार्यकर्ता र नेताहरूमाथि लाठी बर्साएर दमन किन गरिँदैछ रु’, थापाले यी प्रश्नहरू बैठकमा राखेका थिए ।

अन्त्यमा उनले प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रमसंस्कृति पार्टीका सांसदहरूलाई पनि बधाई दिए ।

बैठकमा थापाको यो सम्बोधनले नयाँ संसद्को पहिलो दिनमै राजनीतिक तनाव र पुराना दल तथा नयाँ सरकारबीचको वैचारिक द्वन्द्व देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group