ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिल्म उद्योग बचाउने हो भने फिल्म नजुधाउँदा नै राम्रो : निर्माता क्रेजी


एबीसी न्यूज

काठमाडौं, २५ चैत्र । चलचित्र निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ क्रेजीले फिल्म उद्योग बचाउन फिल्म चलाउने मिति नजुधाउन फिल्मकर्मीहरुलाई आग्रह गरेका छन् ।
निर्माता श्रेष्ठले फिल्म जुधाएर कसैलाई पनि राम्रो नहुने बताए । उनले भने, “ हामी आफैंले नै चलचित्र उद्योगलाई धरासायी बनाएका हौं । फिल्म आफैं बनाउँछौं अनि चलाउन आफैं जुधाउँछौं । यसले कसैलाई राम्रो गर्दैन ।” चलचित्र निर्माता संघका सदस्य समेत रहेका श्रेष्ठले नेपाली फिल्म उद्योग बचाउन सबैजना लाग्नुपर्ने बताए ।

धेरै फिल्महरु एकै चोटि रिलिज हुँदा निर्माताहरु डुब्ने गरेको उनको भनाई छ । चलचित्र ‘चङ्गा’ को वितरण गर्ने जिम्मा लिएका श्रेष्ठले जेठ २५ गते धेरै चलचित्रहरु जुधेकोमा दुःख प्रकट गरेका छन् । फिल्म निर्माता तथा निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ले निर्माण गरेको चलचित्र ‘चङ्गा’ जेठ २५ गते देशव्यापी प्रदर्शन हुँदैछ ।

फिल्मलाई मोफसलमा एफडी कम्पनी र उपत्यकामा श्रेष्ठको रिच इन्टरटेनमेन्ट कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ । वर्षमा २–३ वटा फिल्मको वितरण गर्ने जिम्मा लिंदै आएका श्रेष्ठले यसरी एक आपसमा फिल्म जुध्ने भएकाले घाटा लाग्दै गएको बताए । उनले सिंगो नेपाली चलचित्र क्षेत्र र निर्माताहरुको हकहितका लागि सधैं लागिपर्ने बताए ।

उनी २०६९ सालदेखि चलचित्र निर्माणको क्षेत्रमा लागेका हुन् । चलचित्र क्षेत्रमा उनी करण क्रेजीका नाममा चिनिन्छन् । ओम, जंजीर, जंगभूमि र छेस्को उनले लगानी गरेको चलचित्र हो । चलचित्र निर्माणमा लाग्नु अघि उनी यो क्षेत्रमा कलाकारको रुपमा चिनिएका थिए । २०५७ सालदेखि उनी चलचित्र क्षेत्रमा आबद्ध छन् । उनले जवाफ, टक्कर दुई मुटुको, जंगली क्वीन, दुई दुना पाँच, चिनारी, सम्झिदिए पुग्छ, एटीएम, छेस्को, ओम र ह्यापी न्यु एयर लगायत २१ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com