काठमाडौं, १४ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ९टिचिङ अस्पताल० लगिएको छ । उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ ।रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि डाक्टरको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढ्ने स्रोतले बतायो । जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्