ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ३४ जनाको मृत्यु


एबीसी न्यूज
चैत्र १०, २०८२ मंगलबार  ७ : ३७ बजे

काठमाडौं, १० चैत्र ।कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो ।

१२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । विमानमा सवार प्रायः सैनिकहरू थिए, जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए।

समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो । दुर्घटना स्थलबाट कम्तिमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ ।

अधिकारीहरूले अझै पनि मृत्युको अन्तिम संख्याको अनुसन्धान गरिरहेका छन् ।

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गरेका छन् ।

पेट्रोले सेनाको हतियार र स्रोतसाधनलाई आधुनिकीकरण गर्ने निर्णय पहिले नै भइसकेको बताए, तर प्रशासनिक ढिलाइका कारण यो कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

दुर्घटनाग्रस्त सी(१३० हर्कुलस संसारको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो, जुन सेना, हतियार र राहत सामग्रीहरू पुर्‍याउन प्रयोग गरिन्छ ।

यो विमान कठिन र कच्चा धावनमार्गमा अवतरण गर्न सक्छ । यसले एकैचोटि भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्री बोक्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com