ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा थप अनुसन्धान, अपराध महाशाखाका एसएसपी र दुई अधिकृत हेडक्वार्टर तानिए


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ६ : २०   बजे

काठमाडौं, २५ चैत । तस्करीको ३३ किलो सुन गायब सँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’ मा शंकास्दप भूमिका देखिएका एसएसपी दिवेश लोहनीसहित तीन सुरक्षा अधिकारी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले पत्राचार गरेर एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी अधिकृतहरुलाई हेडक्वार्टर तानिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

फागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल समेतको टोलीले शाक्यको शव बरामद गरेको थियो । ‘सनम हत्या प्रकरण’मा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै गठित छानबिन समितिको सिफारिसमा एसएसपी लोहनीसहित तीन अधिकृतलाई महाशाखाको जिम्मेवारीबाट हटाईएको छानबिन समितिमा रहेका एक उच्च अधिकृतले जानकारी दिएका छन् ।

तस्करीको आधा अर्थात साँढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव व्यवस्थापन’को जिम्मा लिएको सुचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घटना छानबिन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group