नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै उनी अचानक ढलेका थिए।
बैठकमा उपस्थित नेताहरूका अनुसार थापाले करिब १० मिनेटसम्म आफ्नो धारणा राखेपछि अचानक लडेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक चलिरहेको थियो। सोही बैठकमा बोल्दै गर्दा थापा अस्वस्थ भई ढलेका थिए।
कृष्ण थापा गण्डकी प्रदेशका पूर्व सांसदसमेत हुन्। उनी २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए।








प्रतिक्रिया दिनुहोस्