ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित


एबीसी न्यूज
फाल्गुन २५, २०८२ सोमबार   ३ : ५५   बजे

काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चित तथा ‘भाइरल’ उम्मेदवारहरूको वास्तविक जनमत कति छ भन्ने पनि स्पष्ट भएको छ।

निर्वाचनमा धेरै नयाँ अनुहार संसद् पुगे पनि सामाजिक सञ्जालमा अत्यधिक चर्चित केही उम्मेदवार भने मतदाताबाट विश्वास प्राप्त गर्न असफल भएका छन्। धेरैले त जमानतसमेत जोगाउन सकेनन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६१ निर्वाचन क्षेत्रमध्ये १२४ सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। तर सामाजिक सञ्जालमा चर्चित विभिन्न उम्मेदवारहरू भने मतदाताबाट अपेक्षित समर्थन पाउन सकेनन्।

ऋषि धमला ६५५ मतमै सीमित

पत्रकार ऋषि धमला रौतहट–४ बाट प्रभु साह नेतृत्वको जनमत पार्टीको तर्फबाट चुनाव लड्नुभएको थियो। चुनावी अभियानका क्रममा उहाँ कहिले जेरी बनाउँदै, कहिले चटपटे पकाउँदै र कहिले ट्याक्टर चलाउँदै सामाजिक सञ्जालमा निकै भाइरल बन्नुभएको थियो।

तर परिणाम भने फरक आयो। उक्त क्षेत्रमा गणेश पौडेल (रास्वपा) ले ३६ हजार ८७६ मत प्राप्त गर्दै विजयी हुँदा धमलाले मात्र ६५५ मत पाउनुभयो।

दिवाकर साहलाई ३९८ मत

पत्रकारिता र सामाजिक विषयमा सक्रिय रहँदै चर्चामा आएका दिवाकर साह ले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो।

उक्त क्षेत्रमा मनिष झा (रास्वपा) ले ४३ हजार ९८८ मत ल्याएर विजयी हुँदा दिवाकर साह भने ३९८ मतमै सीमित हुनुभयो। उहाँले निर्वाचनपछि पुनः पत्रकारितामा फर्किएको बताउनुभएको छ।

अभिनेत्री निशा अधिकारी ९१ मत

३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेर चर्चित अभिनेत्री निशा अधिकारी ले काठमाडौं–५ बाट उम्मेदवारी दिनुभएको थियो।

उक्त क्षेत्रमा सस्मित पोखरेल ले ३० हजार ७३७ मत प्राप्त गरेर जित हासिल गर्दा निशा अधिकारीले ९१ मत मात्र पाउनुभयो।

युवराज संग्रौला ३०५ मत

वरिष्ठ अधिवक्ता तथा कानुनविद् युवराज संग्रौला ले झापा–२ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो।

तर उक्त क्षेत्रमा इन्दिरा राना मगर (रास्वपा) ले ६० हजार ११० मत ल्याएर जित हासिल गर्दा संग्रौलाले ३०५ मत मात्र प्राप्त गर्नुभयो।

अन्य चर्चित उम्मेदवार पनि पराजित

सामाजिक सञ्जालमा चर्चित हेमराज थापा बाजुराबाट रास्वपाको उम्मेदवार हुनुहुन्थ्यो। उहाँले ६ हजार ३५ मत पाएर तेस्रो स्थानमा रहनुभयो। उक्त क्षेत्रमा जनकराज गिरी (नेपाली कांग्रेस) १७ हजार १७३ मतसहित विजयी हुनुभयो।

त्यस्तै, झापा–२ बाट चुनाव लड्नुभएका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले ३ हजार ९६५ मत प्राप्त गर्नुभयो।

काठमाडौं–१ बाट उम्मेदवारी दिनुभएका उद्यमी समीरमान सिंह बस्नेत (पठाओ सञ्चालक) भने मात्र ५० मत पाएर नवौं स्थानमा सीमित हुनुभयो। उक्त क्षेत्रमा रञ्जु न्यौपाने (रास्वपा) ले १५ हजार ४५५ मत ल्याएर जित हासिल गर्नुभयो।

सामाजिक सञ्जालको लोकप्रियता ≠ चुनावी जित

यसपटकको परिणामले सामाजिक सञ्जालमा लोकप्रिय हुनु र मतदाताबाट विश्वास प्राप्त गर्नु फरक कुरा भएको स्पष्ट देखाएको छ।

फेसबुक, युट्युब वा टिकटकमा चर्चित भएका धेरै उम्मेदवारहरूलाई मतदाताले संसदसम्म पुर्‍याउन तयार देखिएनन्। विश्लेषकहरूका अनुसार वास्तविक जनसम्पर्क, संगठन र स्थानीय राजनीतिक आधारबिना चुनाव जित्न कठिन हुने सन्देश यस निर्वाचनले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group