गोरखा । गोरखा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याए।
नेकपा (एमाले)का उम्मेदवार चक्रे मिलन (मिलन गुरुङ) भने ३ हजार ८७ मतमा सीमित भएका छन्।








प्रतिक्रिया दिनुहोस्