ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा


एबीसी न्यूज
फाल्गुन २४, २०८२ आईतबार  ४ : २९ बजे

काठमाडौं, २५ फागुन । धनुषाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज भए पनि घण्टी चुनाव चिह्नमा अत्यधिक मत परेपछि मतगणनाको परिणाम अन्योलमा परेको छ ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाको घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ, यो सङ्ख्या अन्य उम्मेदवारको मतभन्दा १३ हजारले धेरै हो । रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी भने यसअघि नै खारेज भइसकेको छ ।

उम्मेदवारी खारेज भइसकेका उम्मेदवारले सबैभन्दा धेरै मत पाएपछि त्यहाँको परिणाम सार्वजनिक गर्ने विषयमा अन्योल देखिएको हो । पछिल्लो सार्वजनिक मतगणनाअनुसार उम्मेदवारी कायम रहेका उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का मातृकाप्रसाद यादव ७ हजार ५६६ मतसहित पहिलो स्थानमा र नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

रास्वपाका उम्मेदवार साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो । आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको छ । ती मतपत्रबाहेकका मतपत्रको गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न पनि आयोगले निर्देशन दिएको जनाएको छ ।

उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दर्ता गरेपछि धनुषा क्षेत्र नम्बर १ को अन्तिम परिणाम कस्तो आउने भन्ने विषयमा अझै अन्योल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

सम्बन्धित

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com