रुपन्देही । बर्दियाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका ठाकुरसिंह थारु फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले ४९ हजार ६३१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी शालिकराम अधिकारी (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १४ हजार ६४३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै निवर्तमान सांसद तथा नेपाली कांग्रेसका नेता संजय गौतमले १२ हजार ७२२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
यसैगरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका श्रीधर पोखरेल विजयी भएका छन्। यद्यपि निर्वाचन कार्यालयले अन्तिम औपचारिक घोषणा गर्न बाँकी रहे पनि उनी प्रतिस्पर्धीभन्दा ठूलो मतान्तरले अगाडि रहेका छन्।
यस परिणामसँगै बर्दियाका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गर्दै जिल्लामा आफ्नो बलियो उपस्थिति देखाएको छ।








प्रतिक्रिया दिनुहोस्