ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य


एबीसी न्यूज
फाल्गुन १८, २०८२ सोमबार  ८ : ०३ बजे

काठमाडौं, १८ फागुन । यस वर्ष पहाडी जिल्लाहरूमा मनाइएको फागु पूर्णिमा (होली) पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कुनै पनि प्रकारको पक्राउ, झैझगडा, दुर्घटना वा ट्राफिक नियम उल्लंघनका घटना नदेखिएको नेपाल प्रहरी ले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार देशभर, विशेषगरी काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा होली सामान्य र अनुशासित रूपमा मनाइएको हो। “मानिस पक्राउ, जबरजस्ती रंग दल्ने, झैझगडा, सवारी दुर्घटना, मापसे गरेर सवारी चलाउने जस्ता कुनै घटना भएनन्,” उनले जानकारी दिए।

यस वर्ष निर्वाचन आचारसंहिता लागू रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो। मदिरा बिक्री–वितरण र ओसारपोसारमा रोक लगाइएको थियो भने सार्वजनिक स्थलमा सांगीतिक कार्यक्रम तथा भीडभाड हुने औपचारिक कार्यक्रम गर्न अनुमति दिइएको थिएन। जिल्ला प्रशासन कार्यालयहरूले समेत भेला र जुलुसमा कडाइ गरेका थिए।

काठमाडौं उपत्यकाका बसन्तपुर दरबार क्षेत्र र पाटन दरबार स्क्वायर मा सर्वसाधारण तथा विदेशी पर्यटकहरू सामान्य रूपमा भेला भई अबिर–गुलाल साटासाट गर्दै होली खेलेका थिए। सार्वजनिक बिदा रहेकाले परिवार र साथीभाइबीच सीमित दायरामा उत्सव मनाइएको देखिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार यस वर्षको होली अघिल्ला वर्षभन्दा फरक देखिएको छ। “चुनावको पूर्वसन्ध्या भएकाले पनि होला, उत्सव संयमित रह्यो। मदिरा बिक्री वितरणमा प्रतिबन्ध थियो। काठमाडौंमा एकजना पनि नियन्त्रणमा लिनुपर्ने अवस्था आएन, सवारी साधन होल्ड गर्नुपरेन,” उनले बताए।

चुनावलक्षित सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन प्रहरी तथा नेपाल प्रहरीको संयुक्त परिचालन गरिएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार यही समन्वित सुरक्षा व्यवस्थाले कानुनविपरीत गतिविधि हुन नदिएको हो।

निर्वाचनका कारण काठमाडौं उपत्यकाबाट साढे तीन लाखभन्दा बढी मतदाता बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। मतदानका लागि गृहजिल्ला फर्किने क्रम जारी रहेकाले उपत्यकामा भीडभाड तुलनात्मक रूपमा कम देखिएको थियो। होली लक्षित कार्यक्रम गर्न अनुमति नदिएको र मदिरा बिक्रीमा रोक लगाएकाले दुर्घटना तथा उच्छृंखल गतिविधि न्यून भएको सुरक्षा निकायको विश्लेषण छ।

ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रले पनि होली पूर्ण रूपमा शान्तिपूर्ण रहेको बताए। उनका अनुसार धेरै उम्मेदवार र कार्यकर्ताहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले उत्सवको रौनक विगतको जस्तो देखिएन। होलीसम्बन्धी कुनै उजुरी वा गुनासो नआएको प्रहरीले स्पष्ट पारेको छ।

गत वर्षको तथ्यांक हेर्दा भने अवस्था फरक थियो। २९ फागुनमा परेको होलीमा काठमाडौंबाट मात्र २४ जना उच्छृंखल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए भने करिब १५० सवारी साधन होल्ड गरिएको थियो। त्यस्तै ११ चैत २०८० मा मनाइएको होलीमा देशभर १०२ जना पक्राउ परेका थिए र ७ सय ७५ सवारी साधन ट्राफिक नियम उल्लंघनका कारण नियन्त्रणमा लिइएको थियो।

यस वर्ष भने ती सबै तथ्यांक शून्यमा झरेका छन्। सुरक्षा निकायका अनुसार संयमित उत्सव, प्रशासनिक कडाइ र निर्वाचन सुरक्षाको प्रभावकारी व्यवस्थापनका कारण होली शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

सोमबार मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुँदैछ। २१ फागुन बिहीबार मतदान नसकिएसम्म चुनावी प्रचारप्रसार तथा मत माग्न कानुनी रूपमा रोक लगाइनेछ। मंगलबार भने तराई/मधेस क्षेत्रमा होली पर्व मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

अन्ततः, अमेरिकी प्रतिरोधको विश्वसनीयता पुनर्स्थापित हुँदै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

ट्रम्पको युद्ध तरिका

कांग्रेसको प्रस्ताव: बाकस खोल्नुअघि फागुन २२ गते राष्ट्रिय संवाद गरौँ — विश्वप्रकाश शर्मा

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक प्रहरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com