काठमाडौं, १६ फागुन । गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित रास्वपाका कार्यकर्ता पक्राउ परेका छन् ।
थप दुईवटा गाडी फरार भएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार बी।आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण गरिरहेको थियो । त्यही अवस्थामा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको छ ।धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अन्य दुईवटा गाडी फरार भएको छ । उक्त भारतीय गाडीहरू प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको प्रहरी जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्