ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह


एबीसी न्यूज
फाल्गुन १६, २०८२ शनिबार  ४ : ३३ बजे

काठमाडौं फागुन १६। मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ बसोबास गर्दै आएका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

दूतावासले शनिबार जारी गरेको एड्भाइजरीमा क्षेत्रीय परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। सूचनामा इजरायली सुरक्षा निकाय तथा ‘होम फ्रन्ट कमान्ड’ले जारी गरेका सुरक्षा निर्देशहरूको पूर्ण पालना गर्न विशेष अनुरोध गरिएको छ।

दूतावासले नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न, अनावश्यक आवतजावत नगर्न र आफू बसोबास गर्ने क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ। सम्भावित आकस्मिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षित स्थान वा तोकिएका बङ्कर ९सेल्टर० नजिकै रहन पनि आग्रह गरिएको छ।

यस्तै, सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न निर्देशन दिइएको छ। स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन चेतावनीहरू नियमित रूपमा हेर्दै सही र आधिकारिक जानकारीका आधारमा मात्रै निर्णय लिन दूतावासले सचेत गराएको छ।

शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि उत्पन्न परिस्थितिको प्रभाव मध्यपूर्वका विभिन्न देशहरूमा समेत देखिन थालेको छ। त्यसै सन्दर्भमा दूतावासले नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com