ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?


एबीसी न्यूज
फाल्गुन १६, २०८२ शनिबार  १ : २४ बजे

फागुन : नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० सिट जित्ने र समानुपातिकतर्फ ३० लाखभन्दा बढी मत ल्याउने आन्तरिक विश्लेषण गरेको छ। यो आकलन पार्टीको चुनावी परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा २२ जना सर्वेक्षक र अनौपचारिक रूपमा ४ सयभन्दा बढी कार्यकर्तामार्फत संकलित सूचनामा आधारित रहेको दावी गरिएको छ ।

प्रत्यक्षतर्फको आन्तरिक स्थिति (कांग्रेस अगाडि देखिएका क्षेत्रहरू)

कांग्रेसले देशभर १६५ क्षेत्रमा उम्मेदवारी दिएको छ। आन्तरिक रिपोर्टअनुसार हाल ५८ क्षेत्रमा कांग्रेस अगाडि छ, तर ८–१० क्षेत्रमा विरोधाभास देखिएको छ। अन्तिम रिपोर्ट फागुन १७ मा आउने भएकाले ५० सिट तल नजाने अनुमान छ।

प्रदेशगत ब्रेकडाउन:

  • कोसी प्रदेश (२८ क्षेत्र): ११ क्षेत्रमा अग्रता सुनसरी २, उदयपुर १, झापा १, मोरङ १,२,३,६, इलाम १, सोलुखुम्बु, ओखलढुंगा बाँकी क्षेत्रमा कडा प्रतिस्पर्धा (खोटाङ, पाँचथर, भोजपुर, तेह्रथुम)। (एबीसी स्थलगतमा (झापामा कांग्रेस कुनै पनि क्षेत्रमा अगाडि छैन, मोरंगमा ३ नं. क्षेत्रबाहेक अरुमा अगाडि छैन, पहाडी जिल्लाहरुमा इलाम १, ओखलढुंगा र उदयपुर १ मा मात्र कांग्रेस अगाडि छ ।)
  • मधेस प्रदेश (३२ क्षेत्र): १३ क्षेत्रमा अग्रता सर्लाही १,४; महोत्तरी १; धनुषा ३,४; रौतहट १,२; सप्तरी १,४; पर्सा २; सिरहा २; बारा १ बाँकी क्षेत्रमा कडा प्रतिस्पर्धा।(एबीसी स्थलगतमा यसमध्ये बारा १ मा एमाले, धनुषा ४ मा एमाले, महोत्तरी १मा एमाले अगाडि छ भने पर्सामा २, ३, ४ मा नै नेका आगडि छ तर रास्वपाले पर्सा २ मा दावी गरेको छ ।)
  • बागमती प्रदेश (३३ क्षेत्र): ११ क्षेत्रमा अग्रता मकवानपुर १, रसुवा, नुवाकोट १, काभ्रे २, धादिङ २, ललितपुर १, काठमाडौं १,२,४,५,१० बाँकी अधिकांशमा कडा प्रतिस्पर्धा।(एबीसी स्थलतः काठमाडौं १, ४ र ५ मात्र अगाडि, नुवाकोट १ मा पछि, २मा अघि, काभ्रे २ मा अघि)
  • गण्डकी प्रदेश (१८ क्षेत्र): ६ क्षेत्रमा जित निश्चित मनाङ, मुस्ताङ, स्याङ्जा १, बागलुङ १, तनहुँ १, नवलपुर १ बाँकी क्षेत्रमा तीव्र प्रतिस्पर्धा। (एबीसी स्थलतगतमा (तनहुँ २ मा नेका अघि छ भने तनहुँ १ मा पछि छ, नवलपुर १ मा त नेका धेरै पछि छ, त्यो क्षेत्रमा रास्वपा र एमाले जित निकाल्ने प्रतिस्पर्धामा छन्, अन्य नेकाको दावी र एबीसीको स्थलगत मिलेको छ ।)
  • लुम्बिनी प्रदेश (२६ क्षेत्र): ९ क्षेत्रमा अग्रता दाङ १, रूपन्देही २,५; बर्दिया १,२; कपिलवस्तु २; प्युठान, अर्घाखाँची बाँकी (रोल्पा, रुकुम पूर्व, गुल्मी, नवलपरासी १,२, रूपन्देही १,३,४, कपिलवस्तु २,३, बाँके ३) मा प्रतिस्पर्धा। )
  • कर्णाली प्रदेश (१० क्षेत्र): ३ क्षेत्रमा जित्ने आकलन हुम्ला, सुर्खेत १, जाजरकोट सुर्खेत २, दैलेख १,२, डोल्पा, मुगु, सल्यान, कालिकोट, जुम्लामा प्रतिस्पर्धा। एबीसी स्थलगत, यो प्रदेशमा नेकाले दावी गरेका रुपन्देहीका दुवै क्षेत्रमा नेका पछाडि छ, तर नवलपरासी २ मा नेकाका विनोद चौधरी अगाडि छन्, बांकेको कुनै पनि क्षेत्रमा नेका अघि छैन भने, बर्दिया २ मा पनि नेका पछि छ ।अन्य क्षेत्रको अनुमान र हाम्रो स्थलत समान छ ।
  • सुदूरपश्चिम प्रदेश (१६ क्षेत्र): ६ क्षेत्रमा जित्ने आधार कैलाली ५, कञ्चनपुर २, डडेल्धुरा, बैतडी, डोटी, बाजुरा बाँकी क्षेत्रमा अवस्था तल–माथि। (एबीसी स्थलगत, कैलाली ५ मा पछि, कन्चनपुर २ मा पछि तर ३ मा अघि)

प्रत्यक्षतर्फ कांग्रेस अगाडि देखिएका क्षेत्रहरू तालिकामा

प्रदेशक्षेत्र संख्याकांग्रेस अगाडिमुख्य क्षेत्रहरू (उदाहरण)टिप्पणी
कोसी२८११सुनसरी २, उदयपुर १, झापा १, मोरङ १,२,३,६, इलाम १, सोलुखुम्बु, ओखलढुंगाखोटाङ, पाँचथर, भोजपुरमा कडा प्रतिस्पर्धा
मधेस३२१३सर्लाही १,४; महोत्तरी १; धनुषा ३,४; रौतहट १,२; सप्तरी १,४; पर्सा २; सिरहा २; बारा १बाँकी क्षेत्रमा पनि कडा लडाइँ
बागमती३३११मकवानपुर १, रसुवा, नुवाकोट १, काभ्रे २, धादिङ २, ललितपुर १, काठमाडौं १,२,४,५,१०बाँकीमा कडा प्रतिस्पर्धा
गण्डकी१८६मनाङ, मुस्ताङ, स्याङ्जा १, बागलुङ १, तनहुँ १, नवलपुर १जित निश्चित जस्तो देखिएको
लुम्बिनी२६९दाङ १, रूपन्देही २,५; बर्दिया १,२; कपिलवस्तु २; प्युठान, अर्घाखाँचीरोल्पा, रुकुम पूर्व, गुल्मी, नवलपरासी, बाँकेमा प्रतिस्पर्धा
कर्णाली१०३हुम्ला, सुर्खेत १, जाजरकोटसुर्खेत २, दैलेख, डोल्पा, मुगुमा प्रतिस्पर्धा
सुदूरपश्चिम१६६कैलाली ५, कञ्चनपुर २, डडेल्धुरा, बैतडी, डोटी, बाजुराबाँकी क्षेत्रमा तल–माथि

कांग्रेसको बुझाइमा समग्र देशभरको अवस्था

  • रास्वपा: ४२ क्षेत्रमा अगाडि
  • एमाले: ३३ क्षेत्रमा अगाडि
  • नेकपा (माओवादी): १२ क्षेत्रमा अगाडि
  • जसपा: ४ क्षेत्रमा अगाडि
  • बाँकी २४ क्षेत्रमा मुख्य दलबीच नै कडा प्रतिस्पर्धा

समानुपातिकतर्फको लक्ष्य

  • कांग्रेस -२०७९ मा: २७ लाख १५ हजार २२५ मत (२५.७१%)
  • यसपटकको लक्ष्य: ३०–३३ लाख मत (२८–३०% आसपास) विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएपछि विगतको मत जोगिएर नयाँ मत थपिने अपेक्षा। लक्ष्य पूरा गर्न १२.२% मत थप्नुपर्ने (२०१५ सालको ३७.२% र २०४८ को ३७.७५% जस्तो रेकर्ड ब्रेक सम्भव छैन, तर ३० लाखभन्दा बढी सम्भव छ)। एबीसी स्थलगत नेका २४ प्रतिशत समानुपातिक मतका लागि संघर्षरत छ ।

कांग्रेस नेतृत्वको दाबी

  • उपसभापति विश्वप्रकाश शर्मा: “नेपाली कांग्रेस पहिलो दल बन्नेमा कुनै द्विविधा छैन। निर्णायक शक्ति बन्नेछौं। ‘अबकी बार सय पार’ हैन, ‘सयको उकाली’ तर्फ लम्किँदैछौं।”

विश्लेषण र वास्तविकता

  • सकारात्मक पक्ष: गगन थापाको नेतृत्वले युवा र सुधारवादी मत आकर्षित गरेको छ। १६५ क्षेत्रमा उम्मेदवारीले गठबन्धनको तुलनामा बढी प्रतिस्पर्धा। आन्तरिक सर्वेक्षणले ५०+ सिटको आधार देखाएको छ।
  • चुनौती:
    • रास्वपाको लहर र एमाले संगठनात्मक मजबुतीले ४२ र ३३ क्षेत्रमा अग्रता देखिएको छ।
    • गाउँ–गाउँमा ‘बदलियो कांग्रेस’ सन्देश पुर्‍याउन बाँकी छ।
    • समानुपातिकमा रेकर्ड ब्रेक (३७%+) असम्भव देखिन्छ; ३० लाख पनि कठिन यदि अन्तिम हप्तामा मतदाता प्रेरित गर्न नसके।

कांग्रेसले आफूलाई पहिलो दल बनाउने दाबी गरिरहे पनि रास्वपाको युवा लहर र एमालेको राष्ट्रवादी आधारले कडा प्रतिस्पर्धा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com