ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित


एबीसी न्यूज
फाल्गुन १२, २०८२ मंगलबार  ११ : १६ बजे


काठमाडौं, १२ फागुन । अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ ।

रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च ९८३ सेमी० सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएको छ ।

पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् ।

हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।

मौसम विभागका अनुसार मंगलबार बिहानसम्म १ देखि २ फिटसम्म हिउँ थपिन सक्ने अनुमान गरिएको छ । सबैभन्दा बढी हिमपात रोड आइल्याण्डमा भएको देखिएको छ । राज्यको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम २८।६ इन्चको कीर्तिमान तोडेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्यान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हिमपात मानिएको छ । मौसम सुधार हुन अझ केही समय लाग्ने अनुमान गरिएको छ ।

रोड आइल्यान्ड र छिमेकी कनेक्टिक्ट मा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारी चलाउन प्रतिबन्ध लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन् । उनले ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेकी छन् ।

म्यासाचुसेट्समा करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन्, जसमा केप कोड क्षेत्र पर्ने बार्नस्टेबल काउन्टीका ८५ प्रतिशत उपभोक्ता प्रभावित भएको बीबीसीले जनाएको छ ।

न्यूयोर्क सिटीमा यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको शहर केही समयका लागि ठप्प जस्तै बनेको थियो । दिउँसो १२ बजेपछि भने प्रतिबन्ध हटाइएको थियो ।

हिमपातका कारण हवाई उडान सेवामा ठूलो असर परेको छ । उडान ट्र्याकिङ साइट फ्लाइट अवेरका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन् ।

ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन् ।

लोगन अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थमा पनि अधिकांश उडान रद्द भएका छन् ।

कनेक्टिकट र न्यु जर्सीमा रुख ढल्ने र हाँगा भाँचिने जोखिमका कारण सडक अवस्था झन् जोखिमपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । प्रोभिडेन्समा हिउँ पन्छ्याउने सवारीलाई अवरोध पुर्‍याएको भन्दै ३०० भन्दा बढी गाडीलाई क्रेनको सहायतालाई हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

इरानमा अमेरिकी हमलाको आशंका तीव्र, कूटनीतिज्ञलाई फर्कन आदेश

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com